दुर्घटना

भीमा राई दुर्घटना छानबिन गर्न माग गर्दै मोरङ सिडियोलाई ज्ञापन पत्र

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा कार्तिक ८ गते बिहीबार दिउँसो ३ः४० बजेतिर दुर्घटना भएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेर सुनसरीको धरान उपमहानगरपालिका–११ की ४३ वर्षीया भीमा राईको मृत्यु भएको थियो।

को २८ प ६१३२ नम्बरको स्कुटरमा सवार थिइन् दुर्घटनामा परेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ ४ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको थियो।

टिपरलाई ‘ओभरटेक’ गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २७९१ नम्बरको बसमा स्कुटर ठोक्किएको र ठोक्किएपछि अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई पछाडिबाट आउँदै गरेको बालुवा लोड गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेको थियो।

पिडित पक्षले सवारी दुर्घटनामा घाईतेमात्र भएकि राईलाई उपचार गर्न बढी खर्च हुने भएकोले मृत्यु भए ५ लाख दिदा घटना मिल्ने सवारी ऐन मै भएकाले टिपरले २ सय चालीस मिटर घिसारेर मारेको भन्दै हिजो मंगलबार जिल्ला प्रसाशन कार्यलय बिराटनगरमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन। ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले अनुसन्धान गरि दोषी ठहर भएमा कार्बाही गर्ने र उचित क्षतिपुर्ती दिलाउन आफू लाग्ने बताएका छन।

ज्ञापन पत्रमा दुर्घटना भएको स्थलको ५१ मिनेटको सि.सि. टिभी फुटज हटाईएको त्यो घटनाको सत्यतथ्य लुकाउनलाई त्यस्तो कार्य गरेको र अनुसन्धान छानविन गरि कार्बाही गर्नु पर्ने। लापार्बाही कै कारण घटना घटाएको र प्रहरीले चालकलाई १ दिन ढिलो गरि नियन्त्रणमा लिनु संकासपद रहेको। जघन्य अपराधलाई समन्यकरण गर्ने यातायात संघहरुको विचौलीयालाई कार्बाही र संघ समेतलाई खारेज गरिनु पर्ने। सवारी घटनामा ज्यान जाँदा ५ लाख क्षती पुर्ती दिएर घटना मिलाउने सवारी ऐन संशोधन गरिनु पर्ने। मृतकको झोलामा रहेको रकम र ५ तोला भन्दा बढी गहना पनि गायव गरिएको छ त्यो ट्पर पक्षले दिलाउनु पर्ने मागहरु उल्लेख गरेका छन। मागहरुलाई पूरा नगरे कडा आन्दोलन गर्ने चेतवानी पनि दिएका छन। ज्ञापन पत्रमा भीमा राई दुर्घटना छानबिन तथा क्षतिपुर्ती भरण संघर्ष समिती र पीडक मृतकका श्रीमान खबिराज राईले हस्ताक्षर गरेका छन।

छुटाउनुभयो कि ?

दुर्घटना

धरानमा ईलेक्टोनिक्स सामान मर्मत गर्ने पसलमा आगलागी

धरान-१२ स्थित पुरानो मल्ल रेडियो अगाडि रहेको मेसिनरी पसलमा भएको घरमा आगलागी भएको छ । शनिवार साँझ ७ बजेर १०
दुर्घटना

प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको  हृदयघातबाट निधन

धरान: प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको गएराती हृदयघातबाट निधन भएको छ ।  हृदयघात भएपछि राती करिब अढाई बजेतिर तामाङलाई