दुर्घटना

धरानमा ईलेक्टोनिक्स सामान मर्मत गर्ने पसलमा आगलागी

धरान-१२ स्थित पुरानो मल्ल रेडियो अगाडि रहेको मेसिनरी पसलमा भएको घरमा आगलागी भएको छ । शनिवार साँझ ७ बजेर १० मिनेटमा आगलागी भएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार घरमा सञ्चालनमा ल्याएको एसी, फ्रिज लगायतका सामग्री बनाउने पसलमा लागेको आगोले घर पूर्ण रूपमा क्षति भएको भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मान बहादुर राईले घरमा भएको आगलागी इलेकट्रोनिक्स माध्यमबाट भएको बताए । उनले आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको घरमा भएको क्षति भएको विषयमा अनुसन्धान भइरहेको बताए ।

धरान उपमहानगरपालिकाका २ वटा वारुण यन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रण लिइएको छ।

आगलागी भएको घर सुरेश हलवाईको हो । घरको भुइतलामा इलेक्ट्रोनिक्स सामानहरु मर्मत गर्ने व्यवसाय मणिकुमार परियारले सञ्चालन गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार करिब सवा ७ बजेतिर उक्त पसलबाट धुँवा निस्केको देखेपछि आगलागीबारे थाह भएको थियो । सोही पसलबाट विजुली सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिए पनि कारण तत्काल खुलेको छैन 

छुटाउनुभयो कि ?

दुर्घटना

प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको  हृदयघातबाट निधन

धरान: प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको गएराती हृदयघातबाट निधन भएको छ ।  हृदयघात भएपछि राती करिब अढाई बजेतिर तामाङलाई
दुर्घटना

नेबिसंघद्वारा धरानको भानुचोकमा विमान र बस दुर्घटनाको मृतकहरुका नाममा दिप प्रज्वलन

धरान: विमान र बस दुर्घटनामा परी मृत्यु भएकाहरुको मृतकको आत्मको चिरशान्तीको कामना गर्दै नेबिसंघले धरानको भानुचोकमा दिप प्रज्वलन गरेको छ।