शिक्षा

नेबिसंघद्वारा शिक्षा ऐन अनुसार के.के. इन्टरनेशनल स्कुलले छात्रवृत्ति दिए नदिएको बारे अनुगमन

धरान: नेपाल विद्यार्थी सङ्घले संस्थागत विद्यालयहरूले शिक्षा ऐन अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरेको छ छैन भन्ने विषयमा अनुगमन सुरु गरेको छ ।

शिक्षा ऐन २०७५ अनुसार ५०० विद्यार्थी सङ्ख्या भएको विद्यालयले कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति प्रदान गरिनु पर्दछ । ५ सय देखि ८ सय सम्म भए १२ प्रतिशत र ८ सय माथि भए १५ प्रतिशत अनिवार्य छात्रवृत्ति दिनुपर्ने व्यवस्था रहेको छ ।

नेपाल विद्यार्थी संघद्धारा नेपालको संविधानको धारा २७ र सुचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम सार्वजनिक सरोकारका कुनैपनी विषयको सुचना माग्ने वा पाउने हक अनुसार सुचना माग गर्दा के.के.ईन्टरनेशनल स्कुलले एकिन तथ्याङ्क देखाउन नसकेको नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य संगीता बाहिङ राईले बताउनुभयो ।

के.के. ईन्टरनेशनल स्कुलमा करिव ८ सय विद्यार्थीहरु रहेको स्कुलका प्रीन्सीपल हरिस चन्द्र बुढाथोकीले बताउनुभयो। विद्यार्थीहरुलाई दिईएको छात्रावृत्तीको एकिन डाटा आउन भने केही दिन लाग्ने उहाँले बताउनुभयो । हाल सरकारले तोकेको मापदण्ड भन्दा कम नै छात्रवृत्ती प्रदान गरिएको जसमा करिव १० प्रतिशत विद्यार्थीहरुलाई मात्र छात्रवृत्ती प्रदान गरिएको उहाँले बताउनुभयो ।

संस्थागत विद्यालय मापदण्ड सञ्चालन निर्देशिका २०६९, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली २०७७ मा विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिको विषयमा स्पष्ट व्यवस्था गरिएको छ । तथापी यसको विपरित विद्यालयहरु सञ्चालन भईरहेको देखिएको छ ।

“मेरो शिक्षा मेरो प्रश्न” भन्ने नारा सहित धरान उपमहानगरपालिकामा नेपाल विद्यार्थी संघद्धारा कानुनले सुनिस्चितता गरेको बिद्यार्थीहरुको हक विद्यार्थीहरुले प्राप्त गरेको छ ? छैन ? भनी आईतबारबाट अनुगमन शुरु गरेको नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य संगीता राइले बताउनुभयो ।

निजी तथा संस्थागत विद्यालयले कक्षामा प्रथम हुने विद्यार्थीलाई शतप्रतिशत, द्वितीयलाई ५० प्रतिशत छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था छ । त्यसैगरी, जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, जनजाति,
द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ, तर कानुनी विपरित गरेको पाइएको विद्यार्थी नेता विनोद मगरले बताउनुभयो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई