धरान विशेष

उच्च अदालतको आदेश तत्काल लागू गर्न खानेपानी बोर्डलाई १० दलद्वारा आग्रह

धरान: बुधबार १० दलिय संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै धरान खानेपानी व्यवस्थापन बोर्ड्ले वृद्वी गरेको महशुल घटाएर पुरानै सेवा शुल्क र महशुल्क लागू गर्नु भनेर उच्च अदालत विराननगरले दिएको आदेश कार्यन्वायन गर्न आग्रह गरेका छन।

गत साउन १ गते बाट लागू हुने गरि धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको महशुल बढाए पछि बृद्वी गरेको महशुल्क घटाएर पुरानै कायम गर्न माग राखेर धरानका १० राजनैतिक दलले संघर्ष समिती बनाएर आन्दोल गरेको थियो।

साउन २७ गते आन्दोलनरत १० दलिय संघर्ष समिती र धरान खानेपानी व्यवस्थापन बोर्ड बिच बृद्वी भएको महशुल्क घटाएर पुरानै सेवा शुल्क र महशुल्क कायम गर्ने ३ बुदे सहमती भएको थियो। उक्त सहमती कार्यन्वयन नभएकोमा १० दलिय संघर्ष समितीले खेद प्रकट गरेका छन।

उच्च अदालत विराटनगरद्वारा २०८१ भदौ २ गते शुल्क, महसुल बढाउने खानेपानी ‘बोर्डको निर्णय यथास्थितिमा राखी कार्यान्वयन नगर्नु नगराउनु भनी जारी अन्तरिम आदेश’ तत्काल कार्यान्वयन गर्न  विज्ञप्ती मार्फत अनुरोध गरेका छन।

वार्ताबाट सेवा शुल्क र महशुल्क वृद्धि फिर्ता लिने निर्णय भएको थियो । तर खानेपानी बोर्डले साउन महिनाको बिल काट्दा वृद्धि भएकै दरमा असुल गरेको पाइएकोले दलहरूले ‘अदालतको आदेश तत्काल लागु गर्न’ सहमतिको ३ नम्बरमा धरान खानेपानी बोर्डको आयव्यय विवरण ७ (सात) दिन भित्र सार्वजनिक गर्ने निर्णय गरिएको छ । उक्त निर्णय आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को आयव्यय
सार्बजनिक गर्न विज्ञप्तीमा भनिएको छ।

खानेपानी तथा सरसफाइ शुल्क निर्धारण आयोगले बोर्डलाई वृद्धि गरिएको शुल्क, महसुल कार्यान्वयन नगर्न निर्देशनलाई पालना नगरेको, उच्च अदालत बिराटनगरको अन्तरिम आदेशलाई समेत बेवास्ता गरेको भन्दै विज्ञप्तीमा ‘यस कुराले धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा खानेपानी व्यवस्थापन बोर्डको स्वघोषित अध्यक्ष विधि, प्रक्रिया, पद्धति र समन्वय तथा सहकार्य नगर्ने नीतिमा रहेको’ उल्लेख छ ।

विज्ञप्तिमा ‘त्यस कुराको विरुद्धमा हामी आम धरानवासी सधैँ चनाखो तथा सचेत रहनु पर्दछ, भन्ने सन्देश पनि दिएको’ उल्लेख गर्दै धरानका जनताको हक, अधिकार र महशुलदर वृद्धिको विरुद्धका आन्दोलनमा सहभागी सबैप्रति आभार प्रकट गरिएको छ ।

१० दलिय संघर्ष समितीले जारी गरेको विज्ञप्तीमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।