धरान: सुनसरीमा कर्तव्य ज्यान मुद्धामा संलग्न एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी गढी गाउपालिका २ सखुबारे टोलका ३० बर्षे चन्दन ॠषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।
गत सोमबार विहान गढी गाउपालिका २ थलाहा पुल स्थित टाउको छिनाइएको अवस्थामा स्थानीयले लास देखे पछि प्रहरीलाई खबर गरेको थियो। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेका थिए।
प्रहरीले खोजतलास गर्दै जादाँ घटना भएको स्थान बाट २ सय मिटर पर निजको टाउको नभएको अबस्थामा लास रहेको थियो। मृतक गढि गाउपालिका ६ का ४६ बर्षिय ज्ञानचन ॠषिदेवको रहेको जिल्ला प्रहरी कार्यलयले सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।
उक्त घटनामा संलग्न व्यक्तिको खोजीकार्यको लागी कोशी प्रदेश प्रहरी केनाईन शाखा, र धरानबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जादाँ उक्त घटनास्थलमा उपस्थित मध्ये जिल्ला गढी गाउपालीका २ का ३० बर्षिय चन्दन ॠषिदेवले लगाएको कपडामा रगत देखिएपछि तत्काल नियन्त्रणमा लिई कानून बमोजिम सोधपुछ अनुसन्धान गर्ने क्रममा कोदालो (फरुवा ) ले पटक–पटक प्रहार गरी टाउको छिनाई हत्या गरेको भन्ने बताएपछि चन्दन ॠषिदेवलाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत ५ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।