मनोरञ्जन समाचार

दर्शकहरुको माग भएपछी धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ पुन प्रदर्शन

धरान: पछील्लो समय लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बु चलचित्रकर्मीहरुले छोटो लघु र लिम्बु चलचित्रहरु निर्माण मा तिव्रता दिन थालेका छन । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन , लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्‍यु बिभिन्न बिधीहरुलाई आधार मानेर लघु चलचित्रहरु निर्माण भैरहेका छन ।

यसैक्रममा लिम्बुहरुको बिहेको संस्कार सँग जोडीएको लघु चलचित्र “खोक्पा” पनि निर्माण गरेर पहिलो शो , केही समय अघि कोशी प्रदेश सरकारले आयोजना गरेको ‘चलचित्र महोत्सव – २०८१’ मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ । लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नु लाई खोक्पा भनिन्छ , यही बिषयलाई उठान गरेर निर्माण गरेको ‘खोक्पा’ लाई महोत्सब पछी इटहरी धरान लगायत बिभिन्न ठाउमा प्रदर्शन पस्चात धराने दर्शकहरुको माग भएपछी धरानमा सोमबार पुन प्रदर्शन गरिएको छ । प्रकाश लिम्बु को लेखन तथा निर्देशन र मिना हुक्पा चोङ्वाङ निर्मात्री रहेकी ‘खोक्पा’ हेर्न सोमबार धरान स्थित फ्रेण्ड्स सिनेमा हलमा धराने दर्शकहरु खचाखच थिए । चलचित्र हेरिसकेर संचारकर्मीहरु सँग दर्शकहरुले ‘खोक्पा’ निकै मन परेको प्रतिकृया दिए । हाम्रो संस्कारहरु, संस्कृति बढो गज्जब रहेछ चलचित्र हेरेर धेरै कुरा थाहा पाएको एक दर्शकले भने , यस्तै चलचित्र मार्फत धेरै जानकारी दिएकोमा उनले निर्माण टिमलाई धन्यवाद दिएका छन ।

यस्तै प्रकाश लिम्बु कै लेखन निर्देशन् अनी मुख्य अभिनय रहेको अर्को चलचित्र ‘बाध्यता’ पनि प्रदर्शन भयो । तिरज लिम्बु को निर्माण रहेको बाध्यताले दर्शकहरुलाई धेरै मनोरन्जन दिएको थियो । सुरु सुरुमा हाँसिरहेका दर्शकहरु चलचित्रको अन्त्य अन्त्यमा आसु झारिरहेका थिए । ‘बाध्यता’ ले अहिलेका युवा पुस्ताहरुको प्रेम कहानी, रोमान्स अनी त्यसले निम्त्याउने आरोह अवरोहलाई निर्देशक सुब्बाले गज्जबले प्रस्तुत गरेका छन । एउटा परिवारमा आर्थिक कमजोरी देखी , निसन्तान सम्मको समस्या हुँदा परिवारमा आउने उतार चढाव र युवा पुस्तामा मौलाउदै गरेको मदिरा मोहले ल्याउएको नकरात्मक असरलाई ‘बाध्यता’ ले चित्रण गर्ने प्रयास गरेको छ । अनेक आबश्यकता हुँदाहुँदै पनि आर्थिक अभावले गाजिएको एक सुन्दर परिवारको बाध्यतालाई मुल बिषय बनाएर निर्माण गरिएको ‘बाध्यता’ स्थानिय समाजको वास्तविक कथालाई ‘बाध्यता’ ले बोलेको छ । बाध्यतामा सारादा शाक्य, प्रकाश लिम्बु रोजनी लिम्बु रेन्सा लिम्बु तिरज लिम्बु कंचन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल , बिनोद रसाइली , सुबाश राई र ईन्द्र लिम्बुको अभिनय रहेको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता