धरान विशेष

खानेपानीको ३ वटै काउन्टरमा तालाबन्दी, आर्थिक कारोबार ठप्प

धरानका १० दलले खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल शुल्क खारेज गरी पुरानै दर कायम नगरे सम्मका लागि आज सिमबार बिहान धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा तालाबन्दी गरिएको हो।

राजनीतिक दलहरुले काउन्टरमा पनि तालाबन्दी गरेपछि बोर्डको आर्थिक कारोबार ठप्प हुने स्थिति बनेको छ । हिजो पनि राजनीतिक दलहरुले बोर्डका अध्यक्षको कार्यकक्ष, कार्यकारी निर्देशकको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको थियो । त्यसक्रममा सोमबार बिहान १० बजेसम्म पनि मेयर साम्पाङले वार्तामा नबोलाए बिल काउन्टरहरुमा ताला लगाउने दलहरुले घोषणा गरेको थियो ।

साउन १ गतेदेखि लागु हुने गरि खानेपानी बोर्डले विभिन्न शिर्षकमा खानेपानीको महशुल वृद्धि गरेपछि राजनीतिक दलहरु आन्दोलित छन् । उनीहरुले साम्पाङको एकल निर्णयबाट वृद्धि भएको महशुल पुरानै दररेट कायम नभएसम्म आन्दोलन नरोकिने पनि बताएका छन् । दश राजनीतिक दलहरुले संयुक्त अपिल जारी गर्दै सर्वसाधारण उपभोक्ताहरुलाई बिल नतिर्न पनि आह्वान गरेका छन् । 

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।