धरान विशेष

प्रदेश सरकारबाट धरानको खानेपानी समस्य समधान गर्न ३ वटा डिप बोरिङ

धरान – १७ मा रहेको उदय सामुदायिक बन एरियामा प्रदेश सरकारले विनियोजना गरेको रकमबाट तीनवटा मध्य अन्तिम डिप बोरिङको काम सुरु भएको छ।

धरानको खानेपानी समस्या न्युनीकरण गर्न गएको बर्ष सुनसरी १ (क) बाट निर्वाचित प्रदेश सांसद रमेश कुमार बस्नेत, सुनसरी १ (ख) बाट निर्वाचित बिजय कुमार राईको पहलमा प्रदेश सरकार बाट ४ करोड बजेट विनियोजन भएको थियो।

उक्त बजेटबाट अहिले सम्म २ वटा डिप बोरिङ सफल परिक्षण भैसकेको र यो अन्तिम डिप बोरिङको ड्रीलीङ कार्य शुरु भएको छ। शनिवार सांसदद्वय राई र बस्नेतले अनुगमन गरेका छन।

पहिलो र दोस्रो डिप बोरिङ कोशी राजमार्ग धरान तरहराको चरकोशे जंगलको सेउती खोला छेउमा रहेको छ। दुबै डिप बोरिङ प्राबिधिक रुपमा सफल भैसकेको र अब सफा गरेर पाईप फिटिङ पछि पानी संचालन हुने निर्माण पक्षले जनकारी दिएको छ।

कोशी प्रदेश सरकारबाट गत आर्थिक बर्ष २०८०/०८१ मा विनियोजन गरिएको बजेटमध्ये तीन ठाउँमा डिप बोरिङ गर्न १ करोड ५२ लाखमा श्रीमन ड्रिलिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको डिप बोरिङ र पाईप फिटिङको टेन्डर लागि सकेको र विद्युतीय उपकरण जडान गर्न बजेट अपुग भएकोले चालु आर्थिक बर्ष २०८१/०८२ मा उक्त कार्यको लागि प्रदेश सरकारबाट थप ३ करोड ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिदै धरानलाई खानेपानीमा राहत होस् भनेर प्रदेश सरकार बाट बजेट विनियोजन गराएको सांसद बस्नेतले बताए।

सांसद बस्नेतले भने यो हिउदमा धराने खानेपानी समस्याबाट राहत पाउनुपर्छ भनेर प्रदेश मन्त्रालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पहल गरिरहेका छौं,’ बस्नेतले भने,‘तीन वटा डिपबोरिङबाट प्रतिदिन ६० लाख लिटर पानी थपिन्छ भन्ने अपेक्षा छ आउने पुस सम्ममा पानी संचालन हुने छ।

प्रदेश सांसद विजयकुमार राईले भने प्रदेशको बजेटले डिप बोरिङ गर्दा खानेपानीको स्रोत थपिने भएपनि पूर्णरुपमा धरानको समस्या हल नभएपनि तत्कालको लागि राहत मिल्ने उनले बताए । ‘बजेट फ्रिज होला कि भनेर हामी आफै खटिएका छौं ।

भिडियो हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।