धरान विशेष

धरानमा कांग्रेस घर घरमा बिरुवा बाडदै, डेङ्गु नियन्त्रणको जनचेतना फैलाउदै

नेपाली काँग्रेस सुनसरी क्षेत्र न. १ द्वारा ग्रीन एण्ड किलिन धरान अभियानलाई यस बर्ष पनि निरन्तर दिएको छ। बिगत देखिने क्षेत्रीय कर्यसमितीले यो अभियान निरन्तर गर्दै आईरहेको छ।

धरानका २० वटा वडाका हरेक घरमा एक घर एक विरुवा पुर्‍याउने अभियानलाई यस बर्ष पनि निरन्तरता दिएको छ । शनिवार धरान १६ को गणेशमान चोक एरियामा फलफुलको बिरुवा र डेङ्गुको जनचेतना मुलक पर्चा बितरण गरेको छ।

क्षेत्रीय सभापती सुजेन्द्र तामाङले एक घर एक बिरुवा हरभरा र सफा धरान शहर बनाउन निशुल्क बिरुवा बितरण र डेङ्गुको लार्भा नष्ट र जनचेतना मुलक पर्चा बितरण गरिरहेको जानकारी दिदै धरान कंकृटको शहर भैसकेकोले हरियाली बनाउनको लागि ग्रीन एण्ड किलिन अभियान संचालन गरेको बताएका छन।

अभियानको क्रममा डेङ्गुको संक्रमण भएको बिरामीलाई जीवन जल सिटामोल लगाएतको औषधि पनि बितरण गरिरहेको र हरियाली सफा धरान शहरको अभियान निरन्तर चल्ने जानकारी दिएका छन।

उक्त अभियानमा धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराईको पनि सहभागिता रहेको थियो। डेङ्गु रोगको बारे जनचेतना र वडाबासीको घर घरमा गएर बिरुवा बितरण गर्दै जनचेतनकमुलक पर्चा बितरण गरेका थिए।

सो अभियानको समयोजन नेपाली कांग्रेस धरान नगर समिती, प्रदेश १ (क) प्रदेश १ (ख) कार्यसमिती, सहकार्य नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्मर्थी संघ र स्थानीय व्यबस्थापन वडा कार्यसमितीले गरेका छ।

कांग्रेसले घर घरमा नै फलफुलको बिरुवा बितरण गर्दा स्थानीयबासीहरुले धन्यवाद दिदै खुशी व्यक्त गरेका छन।

पूरा भिडियो हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।