शिक्षा

मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धि तालिम हुने


धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजमा आईतवार देखि हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धि १ महिने तालिम हुने भएको छ।


शनिवार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिइएको हो। स्विस कन्ट्याक्ट प्रोग्राम अन्तर्गत नेदरल्यान्ड बाट आएका सिनियर हस्पिटालिटी एक्स्पर्ट मार्क थोमस केरनले तालिमको सहजीकरण गर्ने कलेजका होटल म्यानेजमेन्ट(एच.एम.) बिभागिय प्रमुख(एच.ओ.डी.) पोषण श्रेष्ठले जानकारी दिएका छन।

सिनियर एक्स्पर्ट कन्ट्याक्ट प्रोग्राम अन्तर्गत हरेक बर्ष कलेजका होटल म्यानेजमेन्ट पढाउने शिक्षक र एच.एम. का बिद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट र होस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धि तालिम प्रदान गरिने कलेजका एच.एम. एच.ओ.डि. श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए। कलेजका अभिभावक र धरानका विभिन्न होटल ब्यबसायीलाई समेत तालिम प्रदान गरिने प्रीन्सिपल भास्कर पौड्यालले जानकारी दिए।


यो तालिमले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने सहजकर्ता मार्क थोमस केरेनले बताए। हस्पिटालिटी इन्डस्ट्रीमा २५ बर्षको अनुभव हासिल गरिसकेका केरेनले विश्वका ४९ देशहरुमा तालिम दिइसकेका छन।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई