समाज

वराहक्षेत्रमा धान उत्पादन प्रवर्द्बनकालागि धान दिवश कार्यक्रम

वराहक्षेत्र नगरपालिकाले शनिवार धान प्रवर्द्बनकालागि धान दिवश मनाएको छ । नगरपालिकाले वडा नं ८ जितपुरमा रोपाईको कार्यक्रम आयोजना गरेर धान उत्पादन प्रवर्द्बनकालागि राष्ट्रिय धान दिवश मनाएको हो ।

शनिवार असार १५ अर्थात २१ औ राष्ट्रिय धान दिवसको अवसरमा नगरपालिकले धान दिवस मनाएको कृषि बिकाश शाखाका प्राबिधिक निरकुमार राईले बताए ।

उक्त कार्यक्रममा स्थानिय कृषकहरुसंग नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुबार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल ,वडाध्यक्षहरु, कार्यापालिका सदस्य ,वडा सदस्य तथा कर्मचारीहरु नौमति बाजा सहित नाच गान गर्दै धान रोप्न , बाउसे गर्ने सहभागी भएका थिए ।

असार १५ लाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रुपमा समेत लिने गरिएको छ । खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । यस वर्षको २१ औँ धान दिवस ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि ‘ भन्ने नाराका साथ दिएको छ ।

सोही अबसरमा वराहक्षेत्र नगरपालिकाले पनि असार – १५ अर्थात धान दिवशलाई उत्सबको रुपमा लिएर मनाएको प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।

नगरपालिकाले पनि धान उत्पादनलाई बुद्बि गर्न चैते धान खेतिलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएको छ । धान उत्पादन बढाएर निर्यात बढाउन नगरपालिकाले धान उत्पादन प्रवर्द्बनकालागि सहयोगकालागि धान दिवश कार्यक्रम आयोजना गरेको उनले बताए ।

नगरपालिकाले कृषकलाई उन्नत जातको बिऊ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्रथामिकतामा राखेको छ ।कृषकलाई माटोको प्रकार , गुणस्तर, हावापानी अनुकुल खेती गर्ने मल , बीउ र प्राबिधिक सेवा उपलब्ध गराउन नगरपालिका लागि रहेको नगर प्रमुख रमेश कार्की बताउछन् ।

उनी भन्छन् कृषिलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेका छौ । सोही अनुसार बजेट बिनियोजन गरेर किसानलाई अधिकत्म लाभ हुने कार्यमा हामी लागेका छौ । बजेटको बिषयमा अगुवा किसान , कृषि सहकारी , पशु पालन किसान , कृषि समुहसंग समेत छलफल र राय सल्लाह लिएर अगाडि बढेका छौ । धान उत्पादन बढाउन नगरपालिकाले योजना बनाएर उन्नत जातको धान अनुदानमा बितरण , उपकरण, रासायनिक मल बितरणसंगै चैते धान प्रवर्धन कार्यक्रम , खेती योग्य जमिनमा सिचाइ, उपकरण र बीउ बिजन कृषकलाई अनुदानमा बितरण गर्दै आइरहेको छौ ।
कृषक मैत्रि प्रबिधिको प्रयोग गर्दै धान उत्पादनमा बुद्बि गर्न हाम्रो योजना रहेको छ । धान उत्पादनलाई बृद्वि गर्न चैते धान खेतिलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएका छौ। धान उत्पादनमा आत्म निर्भर बन्न नगरपालिकाले कृषकलाई उन्नत जातको बिऊ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्रथामिकतामा राखेका नगर प्रमुख कार्कीले बताए ।

नगरपालिकाको कृषि बिकाश शाखाका अनुसार वराहक्षेत्र नगरपालिकामा ८ हजार हेक्टर जमिनमा किसानले धान खेति गर्ने गरेका छन् । बार्षिक रुपमा ४८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । नगरमा किसानहरुले बार्षिक रुपमा ४८ हजार मेट्रिक टन धान उत्पादन गर्दा करिब ३२ देखि ३३ हजार मेट्रिक टन धान खाद्म सुरक्षा गर्ने र करिव १५ हजार मेट्रिक टन धान नगरपालिकाबाट बाहिर निर्यात हुने गरेको छ

धान उत्पादन बढाउन नगरपालिकाले योजना बनाएर उन्नत जातको धान अनुदानमा बितरण , रासायनिक मल बितरणसंगै चैते धान प्रवर्धन कार्यक्रम , खेती योग्य जमिनमा सिचाइ, उपकरण र बीउ बिजन कृषकलाई अनुदानमा बितरण गर्दै आइरहेको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले