नेकपा एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन भएको छ । भारतको हैदरावादमा उपचार गराउन जाने क्रममा बुधवार राती खनालको निधन भएको हो ।
एमाले जिल्ला सचिव राम कोइरालाका अनुसार अध्यक्ष खनाल लामो समयदेखि आमाशय सम्बन्धी बिरामी थिए । यस अगाडि पनि हैदरवादमा उपचार गरेर फर्किएका खनाल फलोअपको लागी अस्पताल गएको उनको भनाइ छ ।
वराहक्षेत्र नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका उनको साथमा दाजु भाउजू र श्रीमती गएका थिए ।