धरान विशेष

निशानेका स्थानीय भन्छन: बषौंदेखिको पीडित छौ मेयरले घेराबारा गर्न पठाउदा झन् पीडा थपियो

धरान वाड न. १३ र ४ मा पर्ने निशाने खोला क्षेत्रको राजमार्ग एरियामा तार घेराबारा गर्न मेयर हर्क साम्पाङले मान्छे पठाएपछि स्थानीयले बषौंदेखि जग्गा रोक्का भएर पीडित छौ मेयरले घेराबारा गर्न पठाउदा झन् पीडा थपियो भन्दै अबरोध गर्दै बिरोध गरेका छन ।


मेयर साम्पाङले जग्गा धनीपुर्जासमेत भएको व्यक्तिको निजी स्वामित्वको जग्गालाई जलाधार क्षेत्र भन्दै घेराबारा गर्न पठाएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका हुन् । वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले र वडा नं ४ का अध्यक्ष धनबहादुर राई पनि विरोधमा आएका थिए ।

मेयर साम्पाङले यथार्थ नबुझी र स्थानीय जनतासँग छलफल, समन्वय नगरि एक्कासी घेराबारा गर्न मान्छे पठाएकोले विरोध भएको वडा १३ का अध्यक्ष नेत्र काफ्लेले बताए ।

अध्यक्ष काफ्ले स्थानीयको जग्गा धनीपुर्जा देखाउदै जलाधारको नाममा बाँझगरा ९ क बषौंदेखि रोक्का हुँदा जिरोपोइन्टसम्मका जनता पीडित हुँदा मेयर साम्पाङले नबोलेको भन्दै आक्रोश पनि पोखे ।

वडा नं ४ का अध्यक्ष धनबहादुर राईले खानेपानी मुहान फोहोर भएको हो भने स्थानीयबासीसँग छलफल गरेर जनचेतनामुलक कार्य अघि बढाउनुपर्ने बताए । वृहत छलफल गरेर जानु पर्ने बताए ।

संघीय वन मन्त्रालयले जलाधार क्षेत्र घेराबारा गर्न चालु आर्थिक बर्षमा बजेट विनियोजन गरेको छ । सोही बजेटबाट मेयर साम्पाङले सर्दु जलाधार क्षेत्र संरक्षणको लागि घेराबारा गर्ने योजना अघि बढाउन खोजेका थिए ।

जलाधार विवादको कारण आफुहरु जग्गा रोक्का भएर बषौंदेखि पीडित भएको र फेरि नगरले एक्कासी घेराबारा गर्न पठाउदा झन् पीडा थपिएको टिएलओ अध्यक्ष निकेश राईले बताए ।

निशानेको नयाँ ट्यांकी बन्नु भन्दा बषौंअघिदेखि नै बस्ती बसिसको हो, निजी जग्गा, होटल, नम्बरी जग्गा नै हो ।ट्यांकी बनाउदा नै विचार पुर्याउनु पर्ने स्थानीयको गुनासो रहेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।