धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको व्यवस्थापन संकाय (वि. बि. एस) को पठनपाठनको समय परिवर्तनको लागि स्ववियु सहित विभिन्न विद्मार्थी संगठनहरुले माग गरेका छन।
व्यबस्थापन संकाय (वि. बि. एस) को पठनपाठन बिहान ११ बजे देखि दिउँसो ३ बजेको समय सम्म भैइरहेको छ। विद्मार्थीहरुले उक्त समय आत्मनिर्भरको लागि व्यतित गर्नु परेकोले आधा भन्दा बढी विद्मार्थी परिक्षामा मात्र सामेल हुनु परेको र समय व्यस्थापन गर्न समस्या भएकोले बाहिर बाट अध्यान गर्न आउने विद्मार्थीलाई समस्या भएकोले बिहान ६ बजे देखि ११ बजे सम्मको समयमा व्यवस्थापन गरिदिन क्यामपस प्रशासन सँग प्रेस विज्ञप्ती मार्फत माग गरेका छन।
रोजगारी सहित पढाई जारी राख्न चाहने अन्य जिल्लाबाट आएको विद्यार्थीहरू समय नमिलेकै कारण महँगो शुल्क तिरेर निजी कलेज तिर जान बाध्य भइरहेको बताइएको छ ।
विद्यार्थीका हितका लागि समय परिवर्तन गर्ने माग सम्बोधन गर्न विद्यार्थी सङ्गठनहरूले १५ दिनको अल्टिमेटम दिएका छन् । उक्त समयमा मागको सम्बोधन नभए आइपर्ने क्षतिका जिम्मेवार क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी पनि सङ्गठनहरूले दिएको छ ।
संयुक्त वक्तव्य स्ववियु सभापति युवराज राई अलौकिक, नेविसंघ सभापति सरोज रेग्मी, सवियु अध्यक्ष सविरसिंह याक्सो, अनेरास्ववियु अध्यक्ष प्रभात तामाङ, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष विपिन लिम्बु, नेविसंघ सभापति विनोद आले मगर, किरात खम्बुवान विद्यार्थी अध्यक्ष कमानसिंह राई, अनेरास्ववियु अध्यक्ष अजित सोम्यहाङले प्रकाशित गरेका हुन ।