धरान विशेष

धरानको १२३ औँ स्थापना दिवशको अवसरमा पुस २० गते सार्वजनिक विदा

लक्ष्मण थापा

बुधबार धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पुस २० गते शुक्रबार समुद्घाटनको दिन सार्वजनिक विदा दिने निर्णय भर्को छ।

उक्त दिन धरान उपमहानगरपालिका अन्तर्गत वडा कार्यलयहरुको मातहतको स्वास्थ्य संस्था , सरकारी कार्यलय, गैर सरकारी कार्यलय, विद्मालय र क्याम्पसहरु विदा रहने जानकारी धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौलाले जानकारी दिएकी छन ।

पत्रकार सम्मेलनमा मेयर हर्कराज राईले पाँच दिने धरान उत्सव मनाईने कार्यक्रम तालिकाबारे जानकारी दिनेक्रममा विहिबार धरान प्रवेश एरीया सरसफाइ गर्ने पुस २० गते पब्लिक स्कुलको खेल मैदानमा उत्सवको समुद्घाटन र् र्यालि हुनेछ भने सहकारी क्रियाकलाप र सम्मान कार्यक्रम रहने बताए । त्यसैगरी पुस २१ गते बिहान साईक्लिङ हुनेछ भने ११ बजेबाट साहित्यिक सम्मान कार्यक्रम हुने जानकारी दिएका छन ।

पुस २२ गते बिहान ६ बजे वाकाथन हुनेछ भने विद्यालयको खेलकुद प्रतियोगिता र लोकदोहोरी पनि हुनेछ । पुष २३ गते श्रमदाता र्याली र विभिन्न साँस्कृतिक झाँकी प्रर्दशनी कार्यक्रम पनि हुनेछ । यस्तै, अन्तिम दिन पुष २४ गते लगानी गोष्ठी, रस्सीतान प्रतियोगिता, कदरपत्र तथा प्रशंसा कार्यक्रम र उत्सवको समापन कार्यक्रम हुने मेयर साम्पाङले जानकारी दिए । 

उत्सव अवधिभर मनोरञ्जनात्मक नृत्य तथा सांगीतिक, साँस्कृतिक कार्यक्रम पनि हुनेछ भने रोटेपिङसहितको बाल मनोरञ्जनका खेलहरु पनि सञ्चालन हुने छ। यो वर्षको उत्सवमा आर्थिक खर्चबारे जानकारी मेयर साम्पाङलाई कुनश्रोत रहने प्रश्न राख्दा उनले यो पालिको खर्च कुनै पनि विकास योजनाबाट कटौती नगरि मेयर , उपमेयर कोषबाट गरिने जानकारी दिए ।

त्यसैगरी मेलाको तयारीबारे अझ थप जानकारीबारे धरान उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भक्ति राज शर्माले उत्सवको तयारी करिब ८०% भई सकेको उत्सव स्थलमा ७६ वटा स्टल रहने त्यस मध्य ५/६ वटा स्टलहरु सचिवालयले राख्ने अन्य बाकी स्टलहरु व्यावसायिक हिसाबको रहने बताउदै १ स्टल बराबर ५ हजार रहेता पनि अन्य स्टलहरु व्यावसायिक प्रकृति हेरेर शुल्क समितिले निर्धारण गर्ने बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।