समाज

वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन

गोरखापत्रका पूर्व सम्पादक वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा निधन भएको छ।
श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको काडमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज सोमवार बिहान निधन धरान स्थित आफन्तजनले बताएका छन् ।
पोखरेल पण्डित स्वर्गीय छविलाल पोखरेलका छोरा थिए । उनको जन्म सन १९३६ डिसेम्बर १५ तारिखको दिन धरानमा भएको थियो ।
पोखरेलले नेपालमा पत्रकारिताको औपचारिक तालिमको चलन सुरु गरेका थिए । नेपाल प्रेस इस्टिच्युट स्थापना गरी १० महिने पत्रकारिताको औपचारिक कोर्ष पठनपाठन गराउन उनको महत्त्वपूर्ण भूमिका रह्यो ।
एनपीआईले काठमाडौँ बाहिर २०४४ सालमा पहिलो पटक विराटनगरमा पत्रकारिता तालिम सञ्चालन गरेको थियो । पछिल्लो समय एनपीआईले विराटनगर र नेपालगञ्जमा क्षेत्रीय सञ्चार श्रोत आरएमआरसी स्थापना गरी क्षेत्रीय स्तरमा पनि पत्रकारिता पठनपाठन गराउनमा पोखरेलको योगदान रहेको छ ।
दिवङ्गत पोखरेल एनपीआईका संस्थापक महासचिव हुँदै २ पटक अध्यक्ष भएका थिए । पोखरेलले एनपीआई मार्फत जिल्लाहरूका छापा माध्यमलाई आधुनिक कम्प्युटर प्रविधिमा लैजान महत्त्वपूर्ण योगदान गर्नु भएको छ ।
राससबाट पत्रकारिता सुरु गरेका उनी गोरखापत्रको सम्पादकबाट अवकाश लिएपछि पत्रकारिताको औपचारिक पठन पाठन, प्रशिक्षणका साथै छापा माध्यमलाई आधुनिक प्रविधिमा लैजाने अभियानमा लागेका थिए । उनको अन्तिम संस्कार मङ्गलवार आर्यघाटमा गरिने बताइएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले