मनोरञ्जन समाचार

कन्टेन्ट क्रिएटर उमा चाम्लिङ सिक्किम प्रहरीद्वारा रिहा, नेपाल आईपुगिन

सिक्किम प्रहरीद्वारा पक्राउ गरेकी खोटाङकी कन्टेन्ट क्रिएटर उमा चाम्लिङ राई रिहा भएकी छिन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ की उमालाई सिक्किमको सरकारले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा शनिवार पक्राउ गरेको थियो ।

फेसबुक लाइभ मार्फत उमाले आफू रिहा भएको बताएकी हुन् । उमाले आफूले विना कारण पक्राउ गरिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । भनेकी छिन्, ‘मैले सिक्किममा पर्यटकलाई यस्तो गर्छ भनेर सोचकी थिइन । सिक्किम जाने नेपालीहरूलाई सिक्किम जाँदा सोचेर मात्रै जान अनुरोध गर्दछु । सिक्किम हामीले सोचे जस्तो रहेनछ । जिन्दगीमा कहिल्यै फर्केर आउने छैन ।’

‘नाच्न आउनुहोस् है’ भनेर भिडियो बनाएर हाल्दा आफूलाई राजनीति गरेको आरोप लगाइदा आफू आश्चर्यचकित भएको उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘मैले त सोचेको थिएँ, की नेपाली सिक्किमको त एउटै मान्छे हो भन्ने ठानेकी थिएँ । सिक्किममा नेपालीहरूलाई माया गर्छ भन्ने सोचेकी थिएँ । हामी नेपालीहरूले सिक्किमको मान्छेलाई कति माया गर्छौँ । सहयोग गर्छौँ । तर, उतातिर त्यस्तो हुन्न रहेछ ।’

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी नेतृ शिला राईको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो । आगामी २०२४ को चुनावलाई लक्षित गरेर राईले सिक्किम आएर यहाँका जनतामाझ साम्प्रदायिक हिंसा र आतङ्क मच्चाउन खोजेको आरोप लगाइएको थियो । अदालतमा हाजिर हुन आउनुपर्ने गरी उनलाई रिहा गरिएको सिक्किमका सञ्चार माध्यमहरूले जनाएको छ ।

सिक्किमको सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञप्ति जारी गरेर पवन चाम्लिङको जातिवादी राजनीतिमा उमा चाम्लिङलाई सिक्किम बोलाइएको आरोप लगाएको थियो । मोर्चाका प्रचार प्रसार शाखाका सचिव शीतल सोताङ राईले शनिवारै सार्वजनिक गरेको विज्ञप्तिमा उमा चाम्लिङ अवैधानिक रूपमा सिक्किममा बसेर राजनीतिमा प्रयोग भएको समेत आरोप लगाएकी थिइन् ।

उमाले २ मिनेट ५४ सेकेण्डको भिडिओ बनाएर चार दिन अगाडि पोष्ट गर्दै साकेलामा आउन अनुरोध गरेकी थिइन् । भनेकी थिइन्, ‘आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि । जोगाउनु पर्छ भनेर अगाडि बढिराखेको छु, नेपालमा । अब सिक्किममा हेरौँ न त कस्तो छ भनेर हैन सिक्किममा पनि धेरै किराँत हुनुहुन्छ । आफ्नो साकेला संस्कार संस्कृतिलाई जोगाइ राख्नु भएको छ भनेको त सुनेको हो । अब पर्सी तीस तारिख हेरौँ है त कत्तिको क्राउड हुँदो रैछ हैन । कत्तिको एक्टिभ हुँदो रहेछ किराँतहरू, राईहरू आफ्नो संस्कार संस्कृतिलाई कत्तिको माया गर्नुहुँदो रैछ सिक्किमवासीहरूले । त्यो पनि त हेर्नुपर्‍यो नि हैन ।’

उता उमाले भने शनिवार आयोजना हुने साकेला नाच्नका लागि आव्हान गर्दै भिडियो पोस्ट गरेकी थिइन् । भिडियोमा कुनै साम्प्रदायिक कुरा उल्लेख छैन । उमाले आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि आव्हान गरेकी थिइन् । उमाको यो अनुरोधलाई सिक्किमको सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चाले अर्का नेता पवन चाम्लिङको समर्थनको रूपमा बुझेका थिए । सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकिँदै गर्दा उमाले सिक्किमवासीबिच साम्प्रदायिक अशान्ति फैलाएको आरोप छ। उमा आज रिहाई भएर नेपाल आईपुगेकी छन।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता