🖋लक्ष्मण थापा
धरान: पुस १६ गते सोमबार धरान-१६ स्थित यु.एन. कलेजको ट्रेनिङ हलमा पत्रकार सम्मेलन गर्दै फक्ताङलुङ् मिडिया हाउस प्रा.लि.ले “शिक्षाका लागि संगीत” भन्ने मुल नाराका साथ एसईई आइडल प्रतियोगिता गर्नेे जानकारी गराएका छन।
बिगत २०७५ साल देखि प्रदेश स्तरीया एसईई आइडल प्रतियोगिता फक्ताङलुङ् मिडिया हाउस प्रा.लि.ले गायन र नृत्य विधामा गर्दैै आइरहेको छ । यसै बर्ष एसईई दिने विद्यार्थीहरुले भाग लिन पाउने छन् । कोशी प्रदेशका १४ वटै जिल्लामा गएर अडिसन लिईने कार्यक्रम संयोजक राम बहादुर लिम्बुले बताए । उनले अडिसन चैत्र महिनाको तेश्रो हप्ताबाट शुरु गरिने बताए ।
फक्ताङलुङ् मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले विस्तृत जानकारी दिनेक्रममा प्रतियोगिताको फारम निशुल्क वितरण गर्ने बताए । अध्यक्ष तुम्बापोले थप जानकारीमा छनौट भएका प्रतियोगिहरुलाई ट्रेनिङ शुल्क पनि नलिने बताए । उनले छानौट प्रक्रियामा अन्त्य टप पोजिसिनमा ३० प्रतिशत मात्र भोटिङ प्रक्रिया गरिने बताए । विजेताले नगद ५० हजार सहित, प्लस टु गर्न ३ लाख बराबरको पूर्ण छात्रवृत्ति मुस्ताङ भ्रमण गर्न पाउनेछ । फस्ट रनर अपले ट्रफी सहित नगद ३० हजार सहित ८० प्रतिशत छात्रवृत्ति र टपटेन फाईनललिस्टले प्लस टु अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति समेत पाउने जानकारी दिएका छन ।
कार्यक्रम संयोजक तिर्थ कार्कीले विद्मार्थीहरुमा पढाइ सँगै ऊनिहरुमा लुकेर रहेका प्रतिभाहरु प्रस्तुत गर्न सकोस भन्ने उदेश्य र अन्य ग्रामीण भेगका टाढा रहेका प्रतिभा भएका बिद्मार्थीहरुले पनि अवसर प्राप्त गर्ने छन भनेर आयोजकको तर्फबाट डिजिटल अडिसनको पनि व्यवस्था गरेको बताए । उक्त पत्रकार सम्मेलनमा वरिष्ठ सँगित प्रशिक्षक विनय राई , यु एन कलेजका होटेल म्यानेजमेन्ट प्रमुख गगन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।