राजनिती

कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय योजना आयोगले कोशी प्रदेश सरकारसँग १६ औँ योजनाका लागि सुझाव लिएको छ । बिहीबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मूख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरु र प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु लगायत सहभागी भए ।


राष्ट्रिय योजना आयोगको टोली आउने भएपछि कोशी प्रदेश सरकारले बुधबारमात्रै प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्ज्न आचार्यलाई नियुक्त गरेको थियो । बिहीबारको छलफलमा मूख्यमन्त्री, मन्त्रीहरुसँगै उपाध्यक्ष आचार्य पनि सहभागी भए । आयोगलाई मूख्यमन्त्री कार्कीले संघीयताको मर्म बुझेर योजना बनाउनु पर्ने बताएका छन् । उनले मुलुकको समृद्धिका लागि दीर्घकालिन असर पर्ने गरी योजना बनाउन समेत सुझाएका छन् ।
प्रदेश तथा स्थानीय तहसँग सुझाव लिन आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ । कोशी प्रदेश सरकार र कोशी प्रदेशमा रहेका स्थानीय तहहरुबाट सुझाव लिन आयोगले सदस्य डा. आरपी विच्छा नेतृत्वको टोली विराटनगर पठाएको छ । आयोग सदस्य डा. विच्छाले संघीयताको मर्म अनुसार योजना बनाउनकै लागि आफूहरु तलसम्म आएको बताए । माथिबाटै योजना बनाएर कार्यान्वयनका लागि तल पठाउने नभइ स्थानीय तह र प्रदेशका सुझावहरु समेटेर मात्रै योजना बनाउने उनले बताए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद