अपराध

ईलाका प्रहरी धरानमा फागुनमा मात्रै ३८ मुद्दा दर्ता, लागुऔषधसहित १९ पक्राउ

धरान: ईलाका प्रहरी कार्यालय धरानमा फागुन महिनाभरिमात्र ३८ वटा मुद्दा दर्ता भएका छन्। लागुऔषधसहित १९ जना पक्राउ परेका छन् भने फरार प्रतिवादी १ जना पक्राउ गरी ३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।सोमबार आयोजित पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईले जानकारी दिँदै फागुन महिनामा सबैभन्दा बढी लागुऔषध सम्बन्धी १० मुद्दा […]

धरान विशेष

धरानमा नगर अस्पतालको स्थान विवाद चर्कियो, १५ दिनभित्र सञ्चालन गर्ने कावा प्रमुख बेघाको प्रतिबद्धता

धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले धरानमा नगर अस्पताल निर्माणका विषयमा मनपरी र मनलाग्दी नबोल्न आग्रह गरेका छन् ।आइतबार उपमहानगरपालिकाको कार्यपालिका हलमा पुगेका धरानवासी तथा सरोकारवालाको भेलालाई सम्बोधन गर्दै कावा प्रमुख बेघाले नगर अस्पताल निर्माणमा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।कावा प्रमुख बेघाले भने, “कहाँ जानुपर्ने छ भने जाऔँ, तर धरानमा नगर अस्पताल बनाउने […]

समाज

पूर्खा सैनिकहरूको सम्झनामा धरानमा पुर्खा दिवस कार्यक्रम सम्पन्न

धरान: गोरखा सेमिट्रीज ट्रस्ट नेपालको आयोजनामा पुर्खा दिवसको अवसर पारेर धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र रहेको गोरखा सेमेट्री (चिहान) मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।आइतबार आयोजित कार्यक्रममा भूपू गोर्खा सैनिक तथा परिवारजनहरूले सेमेट्रीमा पुगेर मौनधारण गर्दै पुष्पगुच्छा अर्पण गरी दिवंगत सैनिकहरूप्रति सम्मान व्यक्त गरेको हो।उक्त सेमेट्रीमा बेलायती सेनामा कार्यरत रहँदा विभिन्न स्थानमा […]

शिक्षा

सुमेधा वक्तृत्वकला प्रतियोगितामा प्रथम बनिन सन्जिना राई

धरान: “धरान प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिता–२०८२” मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई उत्कृष्ट बन्दै प्रथम स्थान हासिल गरेकी छन्। -याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता संस्थाकै कार्यालयमा सम्पन्न भएको हो, जसमा धरानका विभिन्न प्लस टु का १८ जना विद्यार्थीहरू उत्साहजनक रूपमा सहभागी भएका थिए। प्रतियोगिताको नतिजाअनुसार सन्जिना राई […]

शिक्षा

युएन नवोदय कलेजको १६औं वार्षिकोत्सव, बिदाइ कार्यक्रम सम्पन्न

धरान-१६ स्थित यु एन नवोदय कलेजले १६औं वार्षिक उत्सव तथा बिदाइ कार्यक्रम आयोजना गरेको छ । धरान-१५ स्थित चुम्लुङ भवनमा आयोजित वार्षिक उत्सवमा कक्षा-१२ बीएचएम र विज्ञान विषयका विद्यार्थीलाई बिदाइ समारोह आयोजना गरिएको छ । समारोहमा विधागत र उत्कृष्ट वर्ष विद्यार्थी घोषित गरिएको छ । कलेजले विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञान विषयतर्फ उत्कृष्ट वर्ष विद्यार्थी […]

धरान विशेष

धरान नगर अस्पताल छाता चोक पुरानो अस्पतालमा नै बनाउनु पर्ने सरोकारवालाहरुको माग

धरान-१६ स्थित पन्चायत आधारभूत विद्यालय (भकारी स्कुल) लाई मर्ज गरेर नगर अस्पताल बनाउने विषय बाहिरिएपछि धरानमा विवाद उत्पन्न भइरहेको छ । यसअघि धरानको छाताचोकस्थित पुरानो अस्पताललाई नगर अस्पताल बनाउने विषय टुंगो नलागिरहेको अवस्थामा धरान नगर अस्पतालको विषय पेचिलो बन्दै गएको छ । धरानमा नगर अस्पताल नहुँदा धरानेले स्वास्थ्य बिमा सेवा धरानमै प्राप्त गर्न नसक्ने विषय […]

शिक्षा

धरान मेघा कलेजका विद्यार्थीहरुलाई नेपाली सेना भर्ती सम्बन्धी जानकारीमूलक कक्षा आयोजना

धरानः धरान १२ स्थित धरान मेघा कलेजको आयोजनामा नेपाली सेना भर्ती सम्बन्धी जानकारीमूलक कक्षा सम्पन्न भएको छ।बिहीबार आयोजित जानकारीमुलक कार्यक्रममा नेपाली सेनामा भर्ना हुन इच्छुक विद्यार्थीहरूलाई भर्ती प्रक्रिया, योग्यता, छनोट विधि तथा आवश्यक तयारी सम्बन्धी जानकारी प्रदान गरिएको थियो।सह–सेनानी रविन्स रिमालले प्रस्तुति दिँदै नेपाली सेनामा भर्ना हुन आवश्यक शारीरिक,मानसिक तथा शैक्षिक तयारीका विषयमा विस्तृत जानकारी […]

शिक्षा

पब्लिक स्कुलमा ‘अमेच्योर रेडियो तथा स्याटेलाइट बुटक्याम्प’ सम्पन्न

धरान: धरान–१२ स्थित पब्लिक हाई स्कुलमा विद्यालयस्तरीय चार दिने ‘अमेच्योर रेडियो तथा स्याटेलाइट बुटक्याम्प’ सम्पन्न भएको छ।अन्तरिक्ष प्रतिष्ठान नेपालको आयोजनामा चैत्र १४ गतेदेखि सुरु भएको उक्त राष्ट्रव्यापी विद्यालयस्तरीय तालिममा कक्षा ६ देखि ९ सम्मका ४१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।बुधबार आयोजित समापन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले पब्लिक हाई स्कुल नमुना […]

राजनिती

ओली–लेखकको बिना सर्त रिहाइ माग्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र

धरान: नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान नगर कमिटीले पार्टी अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारलाई चेतावनी दिएको छ।एमाले धरानले आइतबार इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका नेताहरूको बिना सर्त तत्काल रिहाइको माग गरेको […]

खेलकुद

४ औँ गोर्खा ट्रेल ब्लेजरको उपाधि उमेश थापा र प्रिया तामाङलाई

धरान: ४औँ धरान गोर्खा ट्रेल ब्लेजरको उपाधि पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले जितेका छन्।पुरुष विजेता उमेश थापा धरानका धावक हुन् भने महिला विजेता प्रिया तामाङ भारतको दार्जिलिङकी धाविका हुन्। उनी १४औँ धरान रनकी तेस्रो विजेता समेत हुन्।शनिबार बिहान सम्पन्न ९ किलोमिटर दूरीको दौड उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उपाधिसहित २० हजार […]