Uncategorized

दमकको राफे रेस्टुरेन्टमा स्थानीय युवाको आक्रमण, कहिले सम्म असुरक्षित हुने व्यवसायीहरू ?

इटहरी : गत शुक्रबार झापाको दमक ६ स्थित मूख्य बजार छेउको राफे रेस्टुरेन्ट एन्डमा केही आपराधिक समूहले आक्रमणको प्रयास गर्यो। राति ११:३० बजे उक्त रेस्टुरेन्टमा अनाधिकृत व्यक्तिको प्रवेश भयो र उनीहरूले होहल्ला तथा रेस्टुरेन्ट तोडफोडको प्रयास गरेको रेस्टुरेन्ट स्रोतले जनाएको छ। अत्यधिक मदिराको सेवन गरि ढुंगाले हानेर रेस्टुरेन्टको झ्याल फुटाएपछि रेस्टुरेन्टका सञ्चालक मिलन तामाङले इलाका […]

Uncategorized

एकतर्फी खुल्यो धरान-तरहरा सडक, दुर्घटनाको जोखिम भने उस्तै

तरहरा धरान सडकको एकतर्फी दुई लेन सडकको कालोपत्रे हुन अब ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । प्यासिफिक कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला भएपछि यातायात व्यवसायी मजदुर तथा यात्रीहरूलाई केही राहत हुने भएको छ । २०८० सालको असार मसान्तसम्म […]

Uncategorized खेलकुद

चैत २३ गते देखि चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता हुने

धरान भेट्रन फुटबल क्लवको आयोजनामा चौथो विक्रम राई स्मृती भेट्रन फुटबल प्रतियोगिता धरान १६ स्थीत धरान रगंशालामा चैत २३ गते शुक्रवार देखि चैत ३० गते सम्म हुने आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ। मिनी ब्राजिलको उपनामले चिनिएको धरानमा बालबालिका उमेर समुह देखि चालिस वर्ष काटेका पूर्व वरिष्ठ खेलाडीहरु सम्मिलित विभिन्न फुटवल प्रतियोगिताहरु धरानम […]

सौन्दर्य

महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान गरेको छ । तालिमको सोमवार समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ममता तामाङ योञ्जनले उद्यमबाट स्वरोजगार बन्न सिकाई महत्त्वपूर्ण रहेको बताउँदै भनिन् ‘महिना दिन सम्म सिकेको सिपलाई महिलाहरूले सदुपयोग गरी आत्मनिर्भर हुन जरुरी […]

स्वास्थ्य/जिवनशैली

तरुण दल धरानद्धारा रक्तदान कार्यक्रम, ३९ पिन्ट रगत संकलन

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत विरामीहरुलाई रगत अभाव भईरहेको बेला नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले ३९ पिन्ट रगत संकलन गरेको छ । नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीको आयोजना तथा नेपाल तरुण दल, धरानको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दर्जनौं यूवाहरुले रक्तदान गरेका […]

समाज

यूवा घेदुङ सुनसरीमा प्रदिप तामाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

धरान, १८ चैत्रः नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको तामाङ यूवाहरुको सम्मेलनले नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल तामाङ घेदुङ, सुनसरीका अध्यक्ष पृथ्वीबहादुर मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा […]

समाज

क्यान्सर पिडितलाई कांग्रेसको सहयोग

धरान, १८ चैत्रः नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको […]

समाज

सुनसरी रेडक्रसमा उमेश थापाको नेतृत्वमा १७ सद्स्य कार्यसमिती निर्विरोध निर्वाचित

नेपाल रेडक्रस सोसाइटी सुनसरीको ४९औँ जिल्ला अधिवेशनले सभापति उमेश थापा सहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । रेडक्रस सोसाइटीको विधान अनुसार अघिल्लो कार्यसमितिको २ वर्षे कार्यकाल समाप्त भएपछि चैत १३ बाट सुरु भएको निर्वाचन प्रक्रिया हिजो शुक्रवार १६ गते निर्विरोध सम्पन्न भएको निर्वाचन अधिकारी तथा रेडक्रस प्रदेश अध्यक्ष नरेन्द्रप्रसाद पोखरेलले बताए […]

राजनिती

प्रेस युनियन सुनसरीको आयोजनामा अन्तक्रिया कार्यक्रम

सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। पत्रकार महासंघका केन्द्रीय सद्स्य अमर खड्काले “लोकतन्त्रमा सन्चार माध्यमको भुमिका” बिषयमा प्रस्तुत गर्नुभएको कार्य पत्र माथि आफ्नो भनाई राख्दै कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय उपसभापती धनराज गुरुङ्गले नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका वडा […]

स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठान धरानमा एमविविएसमा स्थानीय कोटा छुट्टाउन उपकुलपति सकरात्मक

धरानः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति र नेपाली कांंग्रेसका स्थानीय नेतृत्वहरु वीच भेटघाट अन्तरक्रिया भएको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नेतृत्वमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसंग भेटघाट अन्तरक्रिया भएको हो । भेटघाट अन्तरक्रियामा उकुलपति डा. गिरीले कांग्रेस प्रतिनिधि मण्डलको विभिन्न जिज्ञासा, सुझाव र ध्यानाकर्षणबारे आफ्नो प्रतिवद्धता र […]