समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक जमरा राखिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैँको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले […]

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य सन्जीव वान्तवा राईको अध्यक्षतामा सम्पन्न तालिममा अभिभावकहरूको बाक्लो उपस्थिति थियो । तालिममा २२ जना अभिभावकहरू सहभागी थिए । अभिभावकहरूको निम्ति अतिरिक्त सीपमूलक प्रशिक्षण साथै तालिम पछि स्वरोजगारको लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्राचार्य […]

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ । बढुवा प्रक्रियाको मागलाई लिएर आन्दोलित एक सय पचास भन्दा बढी प्राध्यापक चिकित्सकहरूले राजीनामा बुझाएपछि पठन पाठन एवं उपचारका गतिविधि प्रभावित भएको हो । बिपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले भने ‘सङ्क्रमणकालीन अवस्थामा […]

मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता राजेश वंशलले यही अशोज २६ गते शुक्रवारदेखी चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने बताए। उनले यस चलचित्र छिमेकी चलचित्र वा कथाबाट प्रभावित नभई मौलिक नेपाली कथामा निर्माण भएको बताए। उनले भने “यो बाहिरबाट आयातित […]

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की निवा लिम्बू (१९) ले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण […]

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् । धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । महिलातर्फ प्रथम भएकी राईले निर्धारित दुरी […]

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री चयन भएका छन् । आङ्बो र कार्कीले मुख्यमन्त्री दाबी गरेपछि दुवै दाबेदारलाई बहुमत पुष्टि गर्न प्रदेश प्रमुखले प्रत्यक्ष सनाखत गराएका हुन् । कार्कीले बहुमत सांसदको समर्थन पाएपछि उनी मुख्यमन्त्री नियुक्ति […]

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री चयन भएका हुन् । कोशी प्रदेश सभाका ९३ सांसद मध्ये ४७ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीले एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थन जुटाएका हुन् […]