शिक्षा

सरस्वती मा.वि.को ६६ औं वार्षिकोत्सव सम्पन्न

धरान: धरान ६ स्थित सरस्वती मा.वि. पानबारीको ६६ औं वार्षिकोत्सव सम्पन्न भएका छ । सोमबार सरस्वती पूजाको दिन स्थापना भएको सरस्वती मा.वि.को वार्षिकोत्सवको अवसरमा विद्यालयमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवमा विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरियो । यस्तै, कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । एनसिसि क्याडेड विद्यार्थीहरुले कार्यक्रममा आफ्नो परेड नृत्य प्रस्तुत गरेका थिए भने इन्द्रप्रस्थ जेष्ठ नागरिक समाजले बालन नृत्य प्रस्तुत गरेको थियो । कक्षा ११ का एनुसा लिम्बू र दिव्या विश्वकर्मालाई नगद १८ सय सहित स्व. हरिप्रसाद बजगाई तथा हेमकुमारी बजगाई स्मृति छात्रावृत्ति प्रदान गरिएको थियो । कक्षा २ कि षष्टिका बिष्ट र कक्षा ४ का देबेन्द्र भण्डारीलाई नगद रु ११ सय सहित सदिक्षा सुवेदी तथा समिक्षा सुवेदी छात्रावृत्ति प्रदान गरिएको थियो । त्यस्तै चन्द्रचुणामणि गरिब जेहेन्दार छात्रावृत्ति जनही १६ सय सहित कक्षा ६ का सुशन चौधरी, कक्षा सातकी मनिता लिम्बू, कक्षा ८ का क्षितिज सुब्बा, कक्षा ९ कि रचना श्रेष्ठ र कक्षा १० कि श्रीषा लिम्बूलाई प्रदान गरिएको थियो ।

त्यस्तै गरी प्रियंका कट्वाल, गणेश केसी छात्रावृत्तिबाट कक्षा १२ का मेनुका कार्की र तनुषा तामाङलाई जनही नगद २२ सय सहित पुरस्कृत गरिएको थियो । त्यस्तै कृष्णप्रसाद गौतम (फावाखोले) स्मृति एसइइ जेहेन्दा छात्रावृत्तिबाट सजिना गुरुङ र नमिता थापामगरलाई जनही नगद १८ सय सहित पुरस्कृत गरिएको थियो ।

चित्रबहादुर काफ्ले र कृष्णप्रसाद भट्टराईद्वारा अक्षयकोष स्थापना
आफ्नो स्व. पत्निको स्मृतिमा विद्यालयका कर्मचारी चित्रबहादुर काफ्लेले एकलाख एक हजार १० रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै आफ्नो स्व. आमा तुलसा भट्टराईको स्मृतिमा एकलाख २१ हजारको छात्रावृत्ति कोष स्थापना गरेका छन् । उनीहरुलाई विद्यालयले दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरेको थियो ।
विद्यालयको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेतले विद्यालय धरान क्षेत्रकै उत्कृष्ट मध्ये एक रहेको बताएका छन् ।

 कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विद्यालयको भौतिक निर्माणकालागी संघीय शिक्षामन्त्री विद्या भट्टराईसँग भेटेर नै बजेटको व्यवस्था गर्न अनुरोध गरेको स्मरण गर्दै छिट्टै विद्यालयमा सुविधासम्पन्न भवनहरु थप निर्माण हुने विश्वास व्यक्त गरे । उनले भने ‘संविधानमा मा.वि.सम्मको शिक्षालाई स्थानीय सरकारले हेर्ने भनेकोले प्रदेश सरकारको परिभाषित जिम्मेवारी त छैन, तर पनि प्रदेश सरकारले विद्यालयहरुको स्तरोन्नतीमा काम गरिरहेको छ ।’ विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत सरस्वती मा.वि.मा नर्सको दरबन्दी प्रदेश सरकारले व्यवस्थापन गरेको समेत उनले बताए ।

विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले विद्यालयको प्रगति प्रतिबेदन सार्वजनिक गर्दै धरान क्षेत्रमा सरस्वती मावि उत्कृष्ट रहेको बताए । उनले सामुदायिक विद्यालयतर्फ समग्र धरानमा एसईईको नतिजाको आधारमा सरस्वती मावि दोस्रो भएको र १२ कक्षाको नतिजाको आधारमा पहिलो भएको बताए ।

 उनले ढुंगा गिटी निकासीमा विद्यालयले उठाउदै आएको सहयोग विगत तीन वर्षदेखि नउठाएको कारण विद्यालयमा आर्थिक संकट भएको बताए । उनले भने ‘हामीले ढुंगा गिटी निकासी हुँदा सहयोग लिने गरेका थियौ, तर तीनवर्षदेखि त्यसबापत सहयोग प्राप्त हुन सकेको छैन । जसले गर्दा नीजि स्रोतबाट दरबन्दी कायम भइ कार्यरत शिक्षकहरुलाई तलब दिन गाह्रो भएको छ ।’

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई