
धरान: चर्च व्वाईज युनाइेट क्लब काठमाण्डौ फाइनलमा प्रवेश गरेको छ । लिग विजैता चर्च ब्वाइजले २५ औं संस्करणको पहिलो सेमी फाइनल खेलबाट भुटानको रोयल थिम्पु कलेज (आरसिटी’ विरुद्ध शानदान जित निकाल्दै फाइनमा प्रवेश गरेको हो ।
प्रतियोगितामा भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल पुगेको हो ।
धरान रंगशालामा बुधबार भएको पहिलो सेमी फाइनल खेलमा चर्च ब्वाइजका समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल गरे । चर्च ब्वाइजले सुरुवातदेखि नै आरटिसीलाई दबाबमा राखेको थियो । खेलको २१ औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित हुदै नगद १० हजार पाए ।
गोरर्खा ब्रुअरी प्रालिको प्रायोजनमा भइरहेको गोल्डकप अन्तर्गत बिहिबारको अन्तिम सेमी फाइनल खेलमा एनआरटी क्लब काठमाडौ र युकेएफसी भारत भिड्ने छन् । धरान फुटबल क्लबको आयोजनामा माघ १९ गतेदेखि चलेको प्रतियोगिता २६ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।