राजनिती

धरानमा दुई पहिचानवादी नेता पक्राउ

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आव्हानमा भएको कोशी प्रदेश बन्दको दोस्रो दिन आज आइतबार बिहान धरान स्थित भानुचौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बु र जिल्ला सचिव शिव सुब्बा इस्वो भएको सङ्घर्ष समितिले जनाएको छ । बन्दको दोस्रो दिन आज बिहानै देखी […]

समाज

भोजपुर – सुनसरी सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

मङ्सिर ३० गते धरान – ८ लाङघाली सामुदायिक वनको पार्कमा भोजपुर- सुनसरी सेवा समाजको आयोजनामा भेटघाट साथै वनभोज कार्यक्रम सम्पन्न भएको छ। भोजपुर जन्मथलो भएर सुनसरीमा रहेका भोजपुरेहरुको जमघट भएको वनभोज कार्यक्रममा ४ सय बढीको उपस्थीती रहेको थियो । एउटै जन्मथलो भएर सुनसरीमा आएर छरिएर बसेका भोजपुरेहरुको यो भेटघाट अर्थपुर्ण रहेको उपस्थीत रहेको भनाई थियो। […]

राजनिती

भुकम्प प्रभावित जाजरकोटका भुकम्प पिडीतहरुलाई ६ वटा अस्थायी आवस निर्माण गरि फर्किएको टोलीलाई सम्मान

धरानबाट गएर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भूकम्प पीडितहरूलाई श्रमदानबाट ६ वटा अस्थायी आवास निर्माण गरी फर्किएको टोलीलाई नेपाली काँग्रेस धरान नगर समितिले शनिवार स्वागत र सम्मान कार्यक्रम गरेका छन। धरानबाट काँग्रेसको ६ सदस्यीय टोली गत मङ्सिर १९ गते पूर्व मेयर तिलक राईको नेतृत्वमा जाजरकोट प्रस्थान गरेको थियो । टोलीमा काँग्रेस सुनसरी-१ प्रदेश […]

समाज

मङ्सिर ३० र पुष १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० देखी पुष १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बन्दको आव्हान गरेको हो । विज्ञप्तिमा कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये […]

राजनिती

एमालेले २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउन सके मात्र राष्ट्रीयता र स्वाधिनता जोगिने – केपी ओली

एमालेको सङ्कल्प यात्रा तेह्रथुम पुगेपछि वसन्तपुरमा आज बिहीबार आयोजित वृहत् सभामा अध्यक्ष ओलीले भने ‘देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएका छन्, यो राजनीतिक माग होइन बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् ।’ उनले एमालेको सरका रहँदा देशमा असाधारण तरिकाले विकास भइरहेको बताउँदै भने ‘एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको छ ।’ यो […]

खेलकुद

एन्फा प्रेसिडेण्ट कप दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरी विजयी

कोशी प्रदेशको फुटबल संघको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्यु स्टार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई ५- १ गोलको फराकिलो जित हात पारेको छ। न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेतले खेलको ३० र […]

खेलकुद

एन्फा प्रेसिडेण्ट कप सुरु, उद्वाटन खेलमा अल स्टार क्लव बिजयी

कोशी प्रदेश एन्फा प्रेसिडेण्ट कप युु -15 फुटबल खेल प्रतियोगिताको उद्वाटन खेलमा अल स्टार क्लब विजयी । काेशी प्रदेश फुटबल संघको पहिलाे पटक अण्डर 15 एन्फा प्रेसिडेन्ट कप धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरको फुटबल खेल मैदानमा आज बुधबार शुरु भएकाे छ।पहिलाे पटक आयाेजना भएकाे प्रतियोगिता काे उद्घाटन खेलमा  अल स्टार फुटवल क्लव धरानले  विजय सुरूवात […]

राजनिती

एमालेको सङ्कल्प अभियान भोजपुर प्रवेश

नेकपा एमाले पार्टीको सङ्कल्प अभियान भोजपुर जिल्ला प्रवेश गरेका छन् । भोजपुरको चखेवा भञ्ज्याङमा एमाले अध्यक्ष ओलीसहित यात्रा अभियानमा हिंडेका नेता कार्यकर्तालाई किराँती सास्कृतिक झाकीसहित भव्य स्वागत गरिएको छ । प्रदेश न. १ पुन: नामङ्कन सङ्घर्ष समितीले पहिचान बिरुद्व अभिव्यक्ती दिएको भन्दै कोशी प्रदेश प्रवेश गर्न एमाले अध्यक्ष केपी ओलीलाई अबरोध गर्ने कार्यक्रमको बाबजुद्व सङकल्प […]

आर्थिक

हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्यो, आवेदन दिने मिती पुस १ सम्म

आज मङ्सिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुलेको छ। कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म बिक्री नभए पुस ११ गतेसम्म बिक्री खुला रहनेछ। कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो। अङ्कित मूल्य १ सयमा १०६ रुपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रुपैयाँका दरले बिक्री […]

राजनिती

गोपाल किराँती सहितका पहिचानवादी नेताहरु पक्राउ

पक्राउ भूपु मन्त्री किराँती सहित अन्य पहिचानवादी नेताहरुको रिहाइको माँग सहित प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रेस-बिज्ञप्ति जारी गरेका छन । नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका  पहिचानवादी नेता गोपाल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो ।  आज मंगलबार किरातीलाई प्रहरीले […]