राष्ट्रिय समाचार

जेन्जी युनाइटेड मुभमेन्टले मंसिर ६ गते धरानमा कोणसभा गर्ने

धरान: देशमा बढ्दो भ्रष्टचार, कुव्यवस्था र राजनीतिक अस्थिरताबाट निराश बनेका युवाहरूले सञ्चालन गरेको यो समूहले जेन्जी पुस्ताका माग, भावना र एजेन्डालाई एकताबद्ध गर्न देशव्यापी अभियान थालेको छ । सरकारी सेवा–सुविधा आम नागरिकको पहुँचबाहिर बन्दै गएको, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत क्षेत्र पूर्ण रूपमा व्यवसायिकरण हुँदै गएको र कमजोर वर्गका नागरिक उपेक्षित बन्नुपरेको आरोपबीच आन्दोलन […]

खेलकुद

धरान १० के रनको १४ औँ संस्करण यसपालि विश्वभर भर्चुअल दौड सहित फागुन ९ गते आयोजना

धरान: धरान १० के रनको १४ औँ संस्करण यसपालि विश्वभर भर्चुअल दौड सहित फागुन ९ गते आयोजना गरिने भएको छ ।भर्चुअल रनमा विश्वका जुनसुकै ठाउँका धावक धावीकाले सहभागी हुन पाउने भएतापनि रनमा नेपालकै धैरै धावकधाविकाको सहभागीता गराईने धरान रनका अध्यक्ष हेमन सुनुवारले आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बताए । धरान रनद्वारा नेवा च्यारिटि १० के […]

शिक्षा

प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा शिक्षण सुधार प्रतिवेदन सार्वजनिक

धरान: धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले मंगलबार शिक्षण विकास कार्यशाला सम्बन्धी गुणस्तर सुधार प्रतिवेदन सार्वजनिक गरेको छ।नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनाको शिक्षण अभ्यास र अवलोकनपछि तयार पारेको प्रतिवेदनमा कलेजका अध्यापन शैली, प्रविधिमूलक सिकाइ, परियोजना–आधारित शिक्षण र शिक्षा योजना परिमार्जन गरी सुधार आवश्यक चार प्रमुख क्षेत्र पहिचान गरिएको छ।कलेजका सीईओ अभिषेक श्रेष्ठले प्रतिवेदन […]

समाज

याक्थुङ चलचित्रकर्मी सङ्घद्वारा वनभोज कार्यक्रम

धरान: याक्थुङ चलचित्रकर्मी सङ्घ नेपालद्वारा आयोजना गरिएको वनभोज कार्यक्रम शनिबार अमाहा सिमसारमा औपचारिक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विभिन्न चलचित्रमार्फत उत्कृष्ट भूमिका र उल्लेखनीय योगदान प्रदान गर्ने कलाकारहरूलाई सम्मान गरिएको सङ्घले जनाएको छ। कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष नवीन मेन्याङवोले गरेका थिए। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता […]

खेलकुद

जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ फुटबलमा १६ विद्यालयको नामदर्ता

धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा १६ विद्यालयले सहभागिता दर्ता गराएका छन्। मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजना गरिनेछ। आयोजकका अनुसार हालसम्म प्रतियोगितामा हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, […]

व्यवसाय

मंहगी बढयो ज्याला बढेन, जिफन्टले श्रमिकहरुको मागको अगुवाई गरिदिनु पर्‍यो

धरान: मजदुर बाहुल्य धरानका विभिन्न क्षेत्रका मजदुरहरुसंग जिफन्टले सम्वाद् गरेको छ । निर्माण मजदुर, यातायात मजदुर, उद्योगमा काम गर्ने मजदुर, अटो मेकानिक्स मजदुर, सुरक्षा श्रमिक, सरसफाइ मजदुर, लोडअनलोड मजदुर, स्वास्थ्य स्वयमसेवी मजदुर र सौन्दर्यकर्मी मजदुरहरुसंग सम्वाद गरिएको हो ।शनिबार धरानमा जिफन्ट नगर कमिटीले आयोजना गरेको सम्वाद कार्यक्रममा स्वास्थ्य स्वयमसेवी मनकुमारी लिम्बूले वर्षौदेखि आफुहरुले चार सय […]

धरान विशेष

बीपी प्रतिष्ठानभित्र सञ्चालन भएको चमेना गृह सम्झौता विपरीत सञ्चालनमा

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र सञ्चालनमा रहेको ‘चमेना गृह’ प्रतिष्ठान र सञ्चालकबीच भएको सम्झौता विपरीत सञ्चालन भएको पाइएको छ ।जुन प्रयोजनका लागि चमेना गृह सञ्चालन हुनुपर्ने थियो त्यसको ठीक विपरीत हुदा पनि प्रतिष्ठानको व्यवस्थापन पक्ष मौन रहेको पाइएको छ ।सञ्चालनका लागि भाडामा दिइएको पुरानो धर्मशाला भवनमा अहिले कपडा, फलफूल, पेय पदार्थदेखि इलेक्ट्रोनिक सामानसम्म […]

स्वास्थ्य/जिवनशैली

धरानमा ओडानको १६ औं अन्तर्राष्ट्रिय अर्थोडोन्टिक सम्मेलन सम्पन्न

धरान: अर्थोडोन्टिक्स तथा डेन्टोफेसियल अर्थोपेडिक्स क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानमा केन्द्रित ओडानको १६ औं अन्तर्राष्ट्रिय अर्थोडोन्टिक सम्मेलनको शनिबार धरानमा समापन्न भएको छ। कार्तिक २८ र २९ गते धरान १६ मा रहेको वाईट एलिगेन्सम भएको थियो। नेपाल–भारतका प्रतिष्ठित दन्त तथा अर्थोडोन्टिक विशेषज्ञसहित १ सय ११ जना सहभागी सम्मेलनमा उपस्थित भएको थियो। जसमा ११ जना भारतका अर्थोडोन्टिस्ट […]

मनोरञ्जन समाचार

चलचित्र ‘मन बिनाको धन’ कतारमा हरेक दिन दुई सो हाउसफुल

धरान: यति बेला बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरिका हलमा दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ ।नेपाली बक्स अफिसमा चलचित्रले पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरिसकेको छ । नेपालसगै चलचित्र बिहिबार देखि कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ। कतारमा चलचित्रले बिहिबार र शुक्रबार पाएको दुई सो नै हाउसफुल भएको […]

व्यवसाय

सौन्दर्यकर्मीहरुको चिन्ता व्यवसाय संकटमा पर्‍यो

इटहरी: सौन्दर्यकर्मीहरुको व्यवससाय थप संकटमा परेको सौन्दर्यकर्मीहरुले गुनासो गरेकाछन् । शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसंगको सम्वाद् कार्यक्रममा सौन्दर्यकर्मीहरुले पेशा नै संकटमा परेको गुनासो गरेका हुन् ।राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरुलाई सहभागी गराएको थियो । बद्लिँदो राजनीतिक परिवेशमा श्रमिकसंग सम्वादम सम्झना थापा उपभोक्तहरुसंग लिइने शुल्कमा एकरुपता नहुँदा सौन्दर्यकर्मीहरुबीच एकअर्कामा […]