स्वास्थ्य/जिवनशैली

धरानमा ओडानको १६ औं अन्तर्राष्ट्रिय अर्थोडोन्टिक सम्मेलन सम्पन्न

धरान: अर्थोडोन्टिक्स तथा डेन्टोफेसियल अर्थोपेडिक्स क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानमा केन्द्रित ओडानको १६ औं अन्तर्राष्ट्रिय अर्थोडोन्टिक सम्मेलनको शनिबार धरानमा समापन्न भएको छ। कार्तिक २८ र २९ गते धरान १६ मा रहेको वाईट एलिगेन्सम भएको थियो।

नेपाल–भारतका प्रतिष्ठित दन्त तथा अर्थोडोन्टिक विशेषज्ञसहित १ सय ११ जना सहभागी सम्मेलनमा उपस्थित भएको थियो। जसमा ११ जना भारतका अर्थोडोन्टिस्ट पनि सहभागी भएका थिए।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसियट प्रोफेसर डा. प्रभात रञ्जन पोख्रेलले उद्घाटन सत्रमा अर्थोडोन्टिक्स क्षेत्रका नवीनतम प्रविधि, अनुसन्धान, क्लिनिकल अभ्यास, नयाँ उपचार विधि तथा भविष्यमा प्रयोग हुने अत्याधुनिक उपकरणबारे विस्तृत प्रस्तुतिहरू भएको जानकारी दिए।
उनको भनाइ अनुसार, “सम्मेलन चिकित्सकहरूबीच नयाँ ज्ञान, प्रविधि तथा क्लिनिकल अनुभव आदान–प्रदान गर्ने महत्वपूर्ण मञ्चको रुपमा रहेको थियो।” यसै अवसरमा नेपाल मेडिकल काउन्सिलका सदस्य तथा प्रख्यात अर्थोडोन्टिस्ट डा. रबिन्द्र मान श्रेष्ठलाई सम्मान गरिएको छ। उनको दीर्घकालीन योगदान, अनुसन्धान तथा सेवाप्रति समर्पणलाई कदर गर्दै ओडानले सम्मान प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रम अन्तर्गत मुख्य वक्ताहरूका विशेष सत्र, वैज्ञानिक प्रस्तुतीकरण, पोस्टर प्रदर्शन तथा अन्तरक्रियात्मक छलफलहरू सञ्चालन भएको थियो। सहभागीहरूले आधुनिक दन्त–अर्थोपेडिक प्रविधि तथा पछिल्ला अनुसन्धानबारे प्रत्यक्ष जानकारी प्राप्त गरिरहेका छन्।
आयोजक सचिव डाक्टर राजेश ज्ञवालीले सम्मेलनले नेपालमा अर्थोडोन्टिक हेरचाहलाई अझ आधुनिक, वैज्ञानिक र प्रमाण–आधारित बनाउने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।
सम्मेलनमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ सहित वरिष्ठ चिकित्सकहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस कार्यक्रमले दन्त स्वास्थ्य तथा अर्थोडोन्टिक विज्ञानप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने छ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका