व्यवसाय

सौन्दर्यकर्मीहरुको चिन्ता व्यवसाय संकटमा पर्‍यो



इटहरी: सौन्दर्यकर्मीहरुको व्यवससाय थप संकटमा परेको सौन्दर्यकर्मीहरुले गुनासो गरेकाछन् । शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसंगको सम्वाद् कार्यक्रममा सौन्दर्यकर्मीहरुले पेशा नै संकटमा परेको गुनासो गरेका हुन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरुलाई सहभागी गराएको थियो । बद्लिँदो राजनीतिक परिवेशमा श्रमिकसंग सम्वादम सम्झना थापा उपभोक्तहरुसंग लिइने शुल्कमा एकरुपता नहुँदा सौन्दर्यकर्मीहरुबीच एकअर्कामा खिचातानी हुनेगरेको बताइन् । सकिए देशभरी नसकिए जिल्ला वा नगरमै भएपनि शुल्कमा समानता कायम गर्न जिफन्टको सहयोग हुनुपर्ने बताइन् । सौन्दर्यकर्मी विनिता राईले अस्वास्थ्य प्रतिष्पर्धा र व्यवसायीक मापदण्डको अभावले व्यवसायीक जोखिम बढेको गुनासो राखिन् ।

जिफन्टका उपाध्यक्ष तथा श्रमिकसंग सम्वाद् अभियानका संयोजक विदुर कार्की अभियानका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नाबुनका महासचिव ममता प्रधान, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, जिफन्ट युवा कमिटी कोेशीका अध्यक्ष भली सुब्बा, जिफन्ट महिला कमिटी कोशीका सचिव सायदा तबसुम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानिया सहितको टोलीसंगको सम्वादमा निशा पौडेलले जेनजी आन्दोलनपछि व्यवसायमा असर परेको बताइन् । उनले भनिन् धेरैको पार्लर व्यवसायीहरु संकटमा परेकाछन् हाम्रो भविष्यका बारेमा जिफन्टले सोँचीदिनु पर्छ ।
रेनु मण्डलले शहरमा भन्दा ग्रामिनभेगमा रहेको व्यवसायीहरुमा व्यवसायीक चेतना नभएको र शीपलाई तिखार्न नसकेकाले जिफन्टको तर्फबाट शिप विकासका तालिमहरुको व्यवस्था गरिदिनुपर्ने राय प्रस्तुत गरेकीथिइन् ।
सहभागी अधिकांश सौन्दर्यकर्मीहरुले जेनजी पछि उपभोक्ताहरु घटेको, मुल्य सूचि नहुँदा व्यवसायीहरु घाटामा परेको लगायतका कुरा राखेकी थिइन ।
इटहरी, इनरुवा, धरान, दुहवी, प्रकाशपुर गोठगाउँ लगायतका स्थानहरुबाट आएका सहभागीहरुको जिज्ञासालाई अभियानका संयोजक विदुर कार्की, भीमज्वाला राई, ममता प्रधान, कला डाँगी र युवा नेता भली सुब्बाले सहजीकरण गरेका थिए ।
सम्वादले सौन्दर्यकर्मीहरुको समस्याहरुको सूचि तयार गर्ने, दवाव सृजनाका लागि स्थानीय तह, प्रदेश सरकार र संघ सरकारसंग माग पेश गर्ने, श्रमिकहरुको संगठनात्मक र व्यवसायीक दक्षता अभिवृद्धि गर्न शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने, सबै व्युटिसियनहरुलाई संगठनमा आवद्ध गर्ने । सिटिइभिटि मार्फत व्यवसायीक दक्षता र प्रमाणीकरणका लागि पहल गर्ने जेनजी आन्दोलनमा क्षति पुगेको सदस्यहरुको सम्पतिको विवरण संकलन गरि सहयोगका लागि अभियान सञ्चालन गर्ने र सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समावेश गराउन अभियान चलाउने निष्कर्ष निकालेको छ ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई