आर्थिक

उद्मोग वाणिज्य संघ धरानद्वारा दुई पत्रकार र दुई व्यावसायीलाई सम्मान

सुनसरी उद्मोग वाणिज्य संघ धरानको ४० औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संघले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष गर्दै आएको सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तर दिएका छन। सुनसरी उद्योग बाणिज्य संघ धरानको ४० औं साधरण सभाले वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार खिलनाथ विश्वकर्मा कोईरालालाई पुरस्किृत तथा सम्मान गरेको हो । […]

धरान विशेष

धरानमा पहिलो पटक श्रमदाता र्‍याली बेल्चा, गैती र श्रम औजार सहित सहभागी भए श्रमदाताहरु

रोहित कुलुङ राई पुस २० गते देखि सुरु भएको १२३ औँ धरान उत्सवको चौथो दिन सोमबार बिहान धरानमा पहिलो पटक श्रमदाता र्‍याली निकालिएको छ। मेयर हर्क साम्पाङको नेतृत्वमा निकालिएको श्रमदाता र्‍याली धरान उपमहानगरपालिकाको प्राङगण बाट सुरु भएर नयाँ सब्जी बजार, भानुचोक, छाताचोक हुँदै पब्लिक स्कुलमा आएर समापन भएको थियो। र्‍यालीमा उपस्थीत श्रमदाताहरुले बेल्चा, गैती,कोदालो, मार्तोल […]

मनोरञ्जन समाचार

धरान उत्सवको तेस्रो दिन लोक दोहोरी प्रतियोगीता, ८ समूह सहभागिता

लक्ष्मण थापा १२३ औं धरान उत्सवको अवसरमा प्रत्येक दिन विविध साँस्कृतिक साँझ कार्यक्रमहरु प्रस्तुति भई रहेको छ। शुक्रबार पनि पब्लिक स्कुलको खेल मैदानमा लोक दोहोरी कार्यक्रम भएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा भएको लोक दोहोरी कार्यक्रममा लोक भाकालाई मनपराउने दर्शकको उपस्थिति रहेको थियो। लोक दोहोरी कार्यक्रममा ८ वटा समुहले भाग लिएको […]

राजनिती

कांग्रेसले सुरु गर्‍यो स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान

धरानः नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो । “स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन […]

खेलकुद

प्रताप तामाङ धरान फुटबल क्लबको अध्यक्ष निर्विरोध निर्वाचित

धरान फुटबल क्लबको अध्यक्षमा प्रताप तामाङ निर्बिरोध निर्वाचित भएका छन। बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार छैटौं साधारणसभाको उद्घाटन समारोह पुर्वउपप्रमुख एवं क्लबका संरक्षक मिनकुमार सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो । धरान फुटबल क्लबलाई किशोर राई ले दुई दशक देखी नेतृत्व गर्दै आईरहेका थियो। राईकै नेतृत्वमा पुर्बमै पहिचान […]

राजनिती

भानुचोकमा दिप प्रज्वलन गरेर धरान काँग्रेसले मनायो १२३ औँ धरान उत्सव

नेपाली काँग्रेसले धरानले १२३ औ धरान उत्सव शुक्रवार साँझ भानु चोकमा दीप प्रज्वलन गरी मनाएको छ। नेपाली काँग्रेस धरान नगर सभापती श्याम पोख्रेलले भने ‘धराने जनता अन्य ठाउको भन्दा शिक्षित, सबल र सचेत रहेका छन् ।’ धराने जनता बिच कुनै मतभेद छैन भन्नका लागि पनि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको उनले बताए । पब्लिक हाई […]

धरान विशेष

धरान उत्सव १०३ बर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया कटुवालद्वारा उद्वटान

धरान उपमहानगरपालिकाले १२३ औं धरान उत्सव शुक्रबारबाट शुरु भएको छ ।केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहालले उत्सवको उद्घाटन गर्ने चर्चा गरिए पनि अन्त्यमा उहाँको उपस्थिति नभएपछि धरानकी १०३ बर्षिया वृद्ध चन्द्र माया कट्वालको हातबाट १२३ औ धरान उत्सबको उद्वाटन भएको छ । आकर्षणको व्यक्तिको रुपमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साह रहेको थियो । उहाँलाई भेट्नकै […]

समाज

पत्रकार प्रधानलाई दुर्व्यवहार गरेका कार्यपालिका सदस्य विकास भाटीले माफी मागे

धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीले आफूले आवेशमा आएर पत्रकार रश्मि प्रधानलाई दुर्व्यवहार गरेकोमा इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लको रोहबरमा क्षमा याचना गर्दै आगामी दिनमा पुनः कसैसँग यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । पत्रकार प्रधान र भाटी सहित आज बिहान इलाका प्रहरी कार्यालयमा नेपाल पत्रकार महासङ्घका सभापति जनकऋषि राई सहित पूर्व सभापतिहरू तथा […]

स्वास्थ्य/जिवनशैली

वीपी प्रतिष्ठानमा ३ महिनामा सुधार देखिने गरी काम गर्ने वचन दिन्छु – स्वास्थ्य मन्त्री

पुस १९ गते धरान आएका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ महिना भित्रमा सुधार ल्याउने वचन दिएका छन। तर धरानबासी एकजुट भई त्यहाँ राजनीतिक चलखेललाई निरुत्साहित गर्नुपर्ने शर्त राखेका छन् । उनले पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक सङ्कटमा परेको बुझिएको […]

धरान विशेष

धरानमा पनि सुर्तीजन्य पदार्थ भोला, गुट्खा प्रतिबन्ध लगाउने

धरानका मेयर हर्क साम्पाङले १२३ औ धरान डे को अवसरमा पुस १९ गते धरानको श्रीजंग चोक देखि भोटेपुल सम्म सरसफाई कार्यक्रममा भएको थियो उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य र वातावरणलाई पनि असर पुग्ने भोला, गुट्खालगायत सुर्तिजन्य पदर्थालाई धरानमा पनि प्रतिबन्ध लगाउने बताएका छन् । सरसफाई अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले धरानलाई स्वस्थ्य, सफा, स्वच्छ र हराभरा […]