एस.ई.ई.आईडलको दोश्रो अडिसनबाट ५६ जना छनोट
एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै गायन र नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्न आईडलको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एस.ई.ई.आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्कीले बताउनु भयो। […]









