खेलकुद

पत्रकार निशा राईलाई नगद ११ हजार सहित ‘धरान खेलकुद मञ्च अवार्ड’

धरान खेलकुद मञ्चले धरान खेलकुद मञ्च अवार्ड’ पहिलो पटक नगद ११ हजार रुपैयाँ सहित युवा पत्रकार निशा राईलाई प्रदान गरेको छ ।

साकेला पार्कमा शनिवार आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमका बिच उनलाई वर्ष २०८० को अवार्ड प्रदान गरिएको हो ।

उक्त अवसरमा प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले धरान धेरै खेलकुदका विधाको केन्द्रबिन्दु भएको उल्लेख गर्दै समग्र खेलकुद विधाको समान विकासका लागि छाता संस्था सक्रिय रहनु उदाहरणीय भएको बताए ।

मञ्चका अध्यक्ष किशोर राईले खेलकुद अब व्यवासायीक र खेलकै आधारमा जीवनयापन गर्न सकिने सिपको रूपमा विकास गरिनु पर्नेमा जोड दिए । उनले भने ‘अब राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलहरूमा पदक हासिल गर्ने खेलाडीहरूलाई बधाई र फुलमालाले मात्र हुँदैन, उनीहरूलाई नगद पुरस्कार र खेलबाटै जीवनयापन गर्ने आधार प्रदान गरिनु पर्दछ ।धरानलाई खेलकुदको सहरको नारा दिएर मात्र नहुने काम पनि हुनुपर्ने बताउँदै उपमहानगरपालिकाले यसमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा ११ का अध्यक्ष लोकेन्द्र फागो, वडा ८ का अध्यक्ष धनबहादुर राई, जसपाका धरान नगर अध्यक्ष ताजुब लिम्बुले नेपाली खेलकुदमा धरानले पुर्‍याएको योगदानको तुलनामा धरानमा खेलकुदका भौतिक पूर्वाधार खेलडिहरुको उचित सम्मानका लागि मञ्चको सक्रियता प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मिडिया अवार्डका लागि पत्रकार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार हर्ष सुब्बाले अवार्ड विजेताको घोषणा गरेका थिए ।

उनले धरान खेलकुदका धेरै विधाका केन्द्रबिन्दु भए पनि मिडियामा ओझेल पर्दै आएको छ । राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू तथा समग्र खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले मिडिया अवार्ड स्थापना गरेको बताए ।

मञ्चले उनको संयोजकत्वमा पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ र मञ्चका सदस्य वसन्त राई रहेको ३ सदस्यीय छनौट समिति गठन गरेको थियो ।

अवार्डद्वारा सम्मानित पत्रकार निशा राई गोरखापत्र संस्थानको धरान स्थित संवाददाता हुन । उनी धरान स्थित विजयपुर एफएममा रेडियो रिपोर्टर पनि हुन । कार्यक्रम मञ्चका महासचिव विक्रम लिम्बुले सञ्चालन गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक