क्याम्ब्रीज र प्राईम एजुकेसन धरानद्वारा पुनस्थापना गृहलाई खाद्यान्न सहयोग
६ महिना अगाडि
धरान: धरान-१ छाँताचोक स्थित क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरान प्रा.लि.ले पुनस्थापना गृहलाई शुक्रवार खाद्यान्न सहयोग गरेको छ।
धरान-१ मै रहेको पुनस्थापना गृहका संचालक भिम राईलाई प्रा.लि.का सन्चालक लक्ष्मण दाहालले चामल, दाल, नुन, तेल एकमुष्ट रुपमा हस्तान्तरण गरे। एस.ई.ई. दिएर प्राईम एजुकेसनमा ब्रीज कोर्स गरिरहेका बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउन खाद्यान्न सहयोग कार्यमा सहभागी गराएको प्रालिका संचालक दाहालले बताए।
बिद्यार्थीहरुले गृहमा रहेका अनाथहरुलाई फ्रुटी र फलफुल समेत बितरण गरेका थिए। प्राईम मै ब्रीज कोर्स गरिरहेकी छात्रा कैयन भुजेलले आफू सहभागी भएर सहयोग गर्न पाउँदा खुशी लागेको अनुभव सुनाईन। उनले भनिन-"आउने दिनहरुमा आफूले पनि सकेको सहयोग गर्छु र अरुलाई पनि सामाजिक कार्यमा उत्प्रेरित गर्छु"।अर्का छात्रा अन्किता रामले पनि समाज सेवा जस्तो काममा सहभागी हुन पाउँदा खुशी लागेको बताईन। पछि ठूलो भएर यस्तै समाज सेवा गर्नुपर्छ भन्ने आफुलाई प्रेरणा मिलेको अन्किताले बताईन।
गृहका संचालक भिम राईले सहयोगका लागि क्याम्ब्रीज र प्राईम एजुकेसनलाई धन्यवात ब्यक्त गरे।
आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले