![](https://kolenews.com/wp-content/uploads/2024/07/2024073012581476-scaled.jpg)
धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि गत शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने १० दलले चेतावनी दिएको थियो ।
आज १० दलले विज्ञप्ती जारी गर्दै धरान खानेपानी बोर्डको स्व घोषित अध्यक्ष हर्क राज राईले आफ्नो एकल निर्णय बाट अवैज्ञानिक ढ्ङग बाट जनताको ढाड सेक्ने गरि खानेपानीको मूल्य बृद्वी घटाउन माग गर्दा व्यवास्ता गरेको भन्दै साउन १७ गते बाट आन्दोलन गर्ने जनाएका छन।
विज्ञप्तीमा उल्लेख गरे अनुसार साउन १७ गते विभिन्न संघ संस्था र सम्बन्धीत सरोकारवाला निकाय संग छलफल गर्ने। साउन १८ गते धरानका २० वटै वाडा कार्यलयमा वडा स्तरिय बाट ध्यानकर्षण पत्र बुझाउने। साउन २० गते धर्ना कार्यक्रम गर्ने रहेको छ।
१० राजनिती दलहरु जारी गरेको विज्ञप्तीमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।
खानेपानीको मूल्य बृद्वी विवरण:
यसअघि पुराना (मृत्यु भएका) धनीको नामबाट धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० हजार रुपैयाँ कायम गरी २४०० सय प्रतिशत देखी ९९०० प्रतिशत सम्म बढाइएको छ ।
नयाँ धारा अब सामान्य आय भएका गरिबले जडान गर्न नसक्ने गरी २० हजार रुपैयाँ देखी १ लाख सम्म पुर्याउँदै ३०० प्रतिशत सम्म बढाइएको छ । धारामा पानी नआए चेकिङ वा मर्मत गरी होल चेन्ज गराउँदा १०० देखी १९०० प्रतिशत वृद्धि गरेर ५ हजार देखी २० हजार रुपैयाँ बनाएको छ ।
खानेपानी शुल्कमा यसअघि न्यूनतम १३० रुपैयाँ रहेकोमा १५० बनाई पानीको युनिट परिमाणमा २०० प्रतिशत सम्म महसुल बढाइएको छ । निवेदन दस्तुरमै ४०० प्रतिशत वृद्धि गरिएको छ।
![](https://kolenews.com/wp-content/uploads/2024/07/1000000931-745x1024.jpg)