धरान: गत बर्ष धरानमा डेङ्गु संक्रमणले माहामारीको रुप नै लिएको थियो। यस बर्ष भने डेङ्गु संक्रमण अगावै सतर्कता अपनाएका छन।
धरान उपमहानगरपालिकाले यस बर्ष भने २० वटै वडाका टोलबिकास संस्थालाई डेङ्गु नियन्त्रणको लागि निर्देशन समेत दिसकेका छ्न। गत बर्ष धरानमा डेङ्गु भाईरसद्वारा १५ जनाको मृत्यु भएको थियो। ८ हजार भन्दा बढीमा डेङ्गुको संक्रमण देखिएको थियो।
सोमबार धरान १५ नमुना श्रुर्ती मार्ग टोल बिकास संस्थाले डेङ्गु संक्रमण अगावै टोलमा लामखुट्टेको लार्भा नष्ट जमेको पानी फाल्ने र सरसफाई गर्ने कार्य गरेको छ। लामखुट्टे नियन्त्रणको लागि फिनेल मट्टितेल र अनआबश्यक झार नष्ट गर्ने बिषादीको स्प्रे समेत गरेको (टिएलओ) अध्यक्ष डाकमान राईले जानकारी दिनभएको छ।
बिगतमा समयमा नै ध्यान नपुग्दा डेङ्गुबाट ज्यान समेत गएको स्मरण गर्दै नियन्त्रण र संक्रमण बिरुद्व जनचेतना फैलाउनको लागि टोल बाट नै सुरुवात गरेको अध्यक्ष राईले बताउनु भयो।
धरान उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ ।
डेङ्गु सार्ने मच्छडको लार्भा सफा पानीमा हुर्कने गर्छ । खानेपानीको अभाव भएका कारण धरानमा पानी ड्रम र भाडामा जम्मा गरेर राख्नुपर्ने बाध्यता छ ।
यसरी जम्मा गरेको ड्रम र भाडामै लामखुट्टे हुर्किरहेका छन् । नछोपी राखिएको ड्रममा मच्छडले फुल पार्ने भएका कारण उपमहानगरले पानी राख्ने भाडा छोप्नका लागि आग्रह गरिरहेको छ । भाडामा राख्ने पानी तीन दिनमा परिवर्तन गर्न उपमहानगरले आग्रह गरेको छ ।
भिडियो हेर्नुस: