दुर्घटना

नेबिसंघद्वारा धरानको भानुचोकमा विमान र बस दुर्घटनाको मृतकहरुका नाममा दिप प्रज्वलन

धरान: विमान र बस दुर्घटनामा परी मृत्यु भएकाहरुको मृतकको आत्मको चिरशान्तीको कामना गर्दै नेबिसंघले धरानको भानुचोकमा दिप प्रज्वलन गरेको छ।

असार २६ गते कठमाडौ जाँदै गरेको बसत्रिशूलीमा खसेर ५६ जनाको मृत्यु भएको थियो र हिजो बुधबार त्रिभुवान अन्तराष्ट्रीय बिमान स्थलबाट मर्मतको लागि पोखरा जाने क्रम्मा रनवेमै सौर्य एयरलाईन्सको विमान दुर्घटनामा एक विदेशी नागारिक सहित १८ जनको मृत्यु भएक थियो।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसंघ सुनसरीका सभापती प्रमोद भट्टराईले बिकालमै नेपालीहरुले मर्नु परेको छ विमान प्रयोगशालाको रुपमा नेपाल ल्याउने गरेकोले नेपाली लाचार हुनु परेको छ। दुई बिकसित राष्ट्रको बिचमा भएको कारणले पनि प्रयोगशालाको रुपमा रहदै आएको छौ न सडक यात्रा सुरक्षा छ न हवाई यात्रा सुरक्षा छ। अनुगमन  नगरी कमिसनको खेलमा प्रयोगको लागि प्राबिधिक पास नगरी नेपाल भित्राउदा पनि सरकार लाचार भएकै कारण भएको भन्दै सम्बन्धीत पक्षको ध्यान आकर्षण हुनु पर्ने माग गरे।

महेन्द्र बहुमुखी क्याम्पस धरानका ईकाई सभापती विनोद आले मगरले मृतकका परिवारले सोकलाई शक्तिमा बदल्ने शक्ति प्राप्त होस भन्दै यो दुखद घडीमा नेबिसंघको पनि साथ रहेको बताए।

उक्त कार्यक्रममा नेबिसंघ सुनसरीका जिल्ला उपध्यक्ष सहदेव काफ्ले, सचिव नवीन श्रेष्ठ, कोषध्यक्ष सुबिक्षा राई, पिण्डेश्वर क्याम्पसका नेबिसंघ सभापति प्रबेश पौडेल, पुर्बअञ्चल इन्जिनरीङ क्याम्पसका स्वबियु सभापती नवीन श्रेष्ठ, नेबिसंघ सभापती राकेश यादव लगाएतका नेताहरुको उपस्थीती रहेको थियो। उपस्थीत विद्मार्थीहरुले क्यान्डीलबालेर मृतकका आत्मको चिरशान्तीको कामाना गर्दै सम्बेदना व्यक्त गरेका थिए।

पूरा भिडियो लिकमा हेर्नुस: https://youtu.be/9WiyC50OwSM?si=Sfjf1_korubtImk7

छुटाउनुभयो कि ?

दुर्घटना

धरानमा ईलेक्टोनिक्स सामान मर्मत गर्ने पसलमा आगलागी

धरान-१२ स्थित पुरानो मल्ल रेडियो अगाडि रहेको मेसिनरी पसलमा भएको घरमा आगलागी भएको छ । शनिवार साँझ ७ बजेर १०
दुर्घटना

प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको  हृदयघातबाट निधन

धरान: प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको गएराती हृदयघातबाट निधन भएको छ ।  हृदयघात भएपछि राती करिब अढाई बजेतिर तामाङलाई