धरान सेकेण्डरी स्कुल (धरान उच्च) ले कक्षा ११ मा नया भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण सम्पन्न गरेको छ ।
धरान उच्चले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई भविष्य निर्माणको लागि अभिमुखिकरण सम्पन्न गरेको हो ।
कुन विषय पढदा भविष्यमा के हुने भविष्यको लक्ष्य के वनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो ।
नया भर्ना भएका विद्यार्थीहरुलाइ नया भविष्य निर्माणको वाटो लक्ष्य उदेश्य र आगामी दिनमा कसरी आफ्नो सुनौलो भविष्य वनाउने भन्ने लगायतका विषयहरुमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल ताराबहादुर निरौलाले वताउनु भयो ।
कार्यक्रममा १ सय जना विद्यार्थीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा धरान उच्चका फर्मल निर्देशक,पूर्व निर्देशक फाउण्डर प्रिन्सिपल लड्डुप्रसाद शाही, प्रिन्सिपल हेमचन्द्र अधिकारी लगायतले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।
विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि थप सहज होस भन्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरीएको सहायक प्रिन्सिपल अशोक लिम्वुले वताउनु भयो ।
डिसिएम हलमा संचालन भएको सो कार्यक्रम शिक्षक महेन्द्र गोले र संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक सुरेश घिमिरेले गर्नुभएको थियो। यसैवीच विहिवार विज्ञान संकायका विद्यार्थीहरुलाई पनि अभिमुखीकरण कार्यक्रम गरीएको थियो ।