राजनिती

अधिवेशनको माग गर्दै नेबिसंघ सुनसरी संघर्ष समितीले ज्ञापन पत्र बुजाए


धरान: नेपाल विद्यार्थी सङ्घ सङ्घर्ष समितिले सुनसरी जिल्ला समिति र क्याम्पस इकाईको अधिवेशन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुजाएका छन् ।

ज्ञापन पत्रमा यही असार २४ गते सोमबार हात्तीसार क्याम्पसको सभाहलमा बसेको बैठकबाट जिल्ला कार्य समितिद्वारा गरिएको मनोमानी प्रवृत्ति प्रति असन्तुष्ट जनाएर सङ्घर्ष समिति गठन भएको जनाइएको छ। सो समितिले काँग्रेस जिल्ला सभापतिलाई नेबिसंघ जिल्ला समिति भङ्ग गर्न माग गरेको छ ।

नेपाल विद्यार्थि संघ सुनसरी जिल्ला कार्य समितिले समन्वय तथा कुनै पनि तह सङ्ग सल्लाह नगरी विस्तार गरिएको समिति पुर्ण रूपमा भंग गर्न माग गरेको क्याम्पस ईकाई, नगर, क्षेत्र साथै जिल्ला कार्य समिति सम्पुर्णका अधिवेशन गराउन समन्वयको भुमिका निभाईदिन नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सुनसरीलाई माग गरेको छ ।

गौरवशाली सङ्गठन नेविसंघ देशको शैक्षिक गुणस्तरको निम्ति साथै राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका निम्ति होमिनुपर्ने समयमा आन्तरिक सङ्गठन भित्रको समस्याले गर्दा सङ्गठननै तहसनहस हुने अवस्थामा गईरहेको छ । यसबारे  पनि नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको ध्यानाकर्षण गराएको छ ।

सङ्घर्ष समिति संयोजक रुपेश कटुवाल र सहसंयोजक विज्ञान साँवा लिम्बुले हस्ताक्षर गरेको पत्रमा जिल्लामा विवाद समाधानमा समन्वय गरिदिन माग गर्दै नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीलाई ७ दिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका हुन् ।

उता जिल्ला सभापति प्रमोद भट्टराईले आफूलाई यस विषयमा जानकारी नरहेको प्रतिक्रिया दिए । तत्काल नेबिसंघ सुनसरी अत्यन्तै सक्रिय र गतिशील भएर सङ्गठन मजबुत बनाउन लागेको उनको भनाइ छ ।

लोकतान्त्रिक सङ्गठनमा देखिएका सामान्य असन्तुष्टिहरू संवाद द्वारा हल गर्न सकिने उनको तर्क छ । इकाई समिति देखिनै अधिवेशनको प्रक्रिया सुरु गरेको बताउँदै उनले अहिले राजनीतिको लागी विषम परिस्थिति भएकाले संयतता अपनाउन आग्रह गरे

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद