समाज

निराजन युवा क्लवको अध्यक्षमा सन्जु राई

धरान: निराजन युवा क्लब धरान १५ को प्रथम वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । क्लवको कार्यालय धरान १५ निराजन बस्तीमा सम्पन्न भएको सभाले सन्जु राईलाई अध्यक्षमा चयन गरिएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचित भए पछि क्लवका अध्यक्ष सन्जु राईले कार्यसमिति, पदाधिकारीहरु तथा अग्रजहरुको साथ सहयोगले गर्दा क्लबले अपेक्षाकृत सफलताको नजिक-नजिक पुगेको अवस्था छ। ३०-३५ वर्ष पुरानो युवा क्लबलाई दर्ता गरि वैधानिक बनाएको, क्लबको नाममा आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त भएको, संस्थाको बैंक खाता सुरु भएको, विभिन्न संघ-संस्थासँग मिलेर सामाजिक कार्यमा अगाडि बढेको र अब क्लबले अझ धेरै कार्य गर्न बाँकी नै छ आउने दिनमा गर्दै जाने बताएकी छन।

क्लबका अन्य पद तथा सदस्यहरुमा उपाध्यक्ष दिपककुमार राई,सचिव रोहतकुमार राई,सहसचिव पुनम गजमेर,कोषाध्यक्ष अशेष वेघा सदस्य मौसम राई,कुशल कार्की, रोमन लिम्बू, सृजना राई, सुदेश लिम्बू, माया राई चयन गरिएका छन । १३ सदस्यीय कार्य समितिमा ११ जना चयन भएपछि बाकी २ जना सदस्य बैठकबाट मनोनीत गरिने जनाएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले