
बराहक्षेत्र: चैत्र २७ गतेदेखि १ महिनासम्म सुनसरी जिल्लाको प्राचीन हरिद्वार बराहक्षेत्रको चतराधाममा आयोजना हुने बाह्रबर्ष पछिको पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर कुम्भ मेला क्षेत्र चतराधाममा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सुनसरी को आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
बराहक्षेत्र नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति रमेश कार्कीको उपस्थितीमा भएको सरसफाई कार्यक्रममा , नेपाली काँग्रेस बराहक्षेत्र उपसभापति युवराज श्रेष्ठ , निवर्तमान सभापति नारायण नेपाल, वार्ड न. ३ का वडा अध्यक्ष राजदिप लामा, वाड न.५ का वडा अध्यक्ष रोहित काफ्ले, वाड न.७ का वडा अध्यक्ष कपिल आचर्य र वडा न. १० का वार्ड अध्यक्ष तेज गुरुङको उपस्थिती रहेको थियो।
मेयर कार्कीले धर्तिको पहिलो धाम बराहक्षेत्रको चतरामा बाह्र बर्ष पछि चैत २७ गते देखि सुरु हुने १ महिने लामो महाकुम्म मेला स्थलमा नेबिसंघ सुनसरीको आयोजनामा विद्मार्थीहरु आएर सरसफाई कार्यमा सहभागिता जनाएकोमा आभार व्यक्त गरे।

नेबिसंघ सुनसरी जिल्ला सभापती प्रमोद भट्टराईले सरसफाई कार्यक्रम लाई सफल बनाउन अहोरात्र खट्ने, नेबिसंघका विभिन्न क्याम्पस इकाई सभापति, स्ववियु सभापति, जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरु र विद्मार्थीहरुलाई धन्यवाद व्यक्त गरे।
बुधवार बिहान ८ बजे देखि सुरु भएको सरसफाई गर्ने कार्य ११ बजे सकिएको थियो। सुनसरी जिल्लाभरिका क्याम्पस बाट ४० जना भन्दा बढी विद्मार्थीहरुको सहभागिता रहको थियो।


