खेलकुद

पाँचौ मिस्टर भिजनको उपाधि रमेश फोम्बोलाई

शनिवार धरान-१३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिकास्तरीय पाँचौ मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले जितेका छन् ।

प्रतियोगिताको फाइनल चरणमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै फोम्बोले उपाधि जितेका हुन् । फोम्बो ६० तौल समूहका बिजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधिसँगै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोस्रो उपाधि एनी टाइम फिटनेसका उमेश राई जितेका छन । उनी ७५ केजी तौल समूहको बिजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५५ केजी तौल समूहबाट बिजेता हुँदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशालाका अनुप लिम्बू तेस्रो र ६५ केजी तौल समूहको बिजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्बू चौथो भए । उनीहरुले क्रमशः जनही १५ हजार र १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पत्रकारितामार्फत् धरानको खेलकुद विकाशमा योगदान पुर्‍याए वापत नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनसले सम्मान गरेको थियो।

भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडहिरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, धरान १६ नं वडा अध्यक्ष मुरारी भट्टराई, १ न.वडाध्यक्ष यज्ञमनि आचार्य, १० न. वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, ईश्वरलाल उदास, नवनित प्रधान र सीता राई श्रेष्ठ रहेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक