
किरात राई यायोक्खा धरान १५ वडा कार्यसमितीको शनिवार सम्पन्न ७ औँ अधिवेशन बाट डाकमान राईको अध्यक्षतामा १७ कार्यसमिती निर्वाचित भएको छ।
नवनिर्वाचित कार्यसमितीमा अध्यक्ष डाकमान राई, उपाध्यक्षमा रामकुमारी राई, जयकला राई, सचिवमा प्रेम कुमार राई, स-सचिवमा विजेन्द्र राई, कोषध्यक्षमा प्रविन राई, सद्स्यहरु सुरेन्द्र राई, कल्पना राई, शिवकुमार राई, राम राज राई, दिपकला राई, सुनिता राई, कविता राई, कला राई, निलम राई, मन्जली राई, ईश्वर राई सर्बसहमत निर्वाचित भएका छन।
धनबल राईको संमयोजकमा ४ सदस्य निर्बाचन समितीले नयाँ कार्यसमिती निर्बाचित भएको घोषणा गर्दै निर्वाचित प्रमाण पत्र बितरण गरेको थियो।

किराय १५ न. वडा समितीको कार्यलय साकेला पार्कमा भएको अधिवेशन कार्यक्रममा निवर्तमान अध्यक्ष मालती राईको अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथी किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई, अतिथी किराया धरान नगर सचिव लक्ष्मी राई लगाएतका उपस्थीती रहेको थियो।
प्रमुख अतिथी राईले कुनै पनि राजनिती दलको प्रभावमा नपरी आफ्नो समुदायको हितमा काम गर्न सुझाव दिदै नवनिर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष डाकमान राईले आफ्नो समुदायको हितमा सधै काम गर्ने बताउदै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको सुम्नीमा पारुहाङको प्रतिमा निर्माण गर्ने अभियानमा किराया धरान १५ कार्यसमितीको साथ सहयोग रहने बताएका छन। अधिवेशनमा धरान १५ का राई समुदायको उपस्थीती रहेको थियो।
