खेलकुद

तेस्रो अशोक बास्फोर स्मृति बास्केटबल रनिङ कपको उपाधी इमोर्टल क्लबलाई

🖋लक्ष्मण थापा

पुस ७ गतेदेखि धरान- १६ स्थित ईन्डोर वास्केट बल कोर्टमा डायनामिक युथ क्लबको आयोजनामा शुरु भएको खेल आज शनिबार भएको फाइनल खेलमा ब्रदर्श क्लबलाई ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै इमोर्टल च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अग्रता लिएको थियो । दोस्रो क्वाटरमा भने ब्रदर्शले समाउदै २५-१४ को अग्रता बनाएर मध्यान्तर सम्म ३६-३३ ले अग्रता रहेकोमा तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रदर्श बिरुद्द २४-१६ को अग्रता लिएर इमोर्टल पुनः खेलमा फर्कियो । ईमोर्टल कल्बले उपाधीसँगै नगद ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरी उक्त खेल प्रतियोगिताको उपविजेता ब्रदर्श क्लबले नगद ३० हजार ,ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गर्‍का छन।

उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी ईमोटर्लका निकेश मगर घोषित भएकोमा उनले नगद ७ हजार, ट्रफि, बल, प्रमाणपत्र र १ हजार बराबरको फुड भौचर प्राप्त गरेका छन। त्यसैगरि उक्त फाईनल खेलका म्यान अफद म्याच ब्रदर्शका सर्वोधन राई घोषित भएका थिए उनले पनि ३ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । खेलअवधिका उदयीमान खेलाडीको उपाधी ईमोर्टलका प्रतीक राई घोषीत भएका छन । उनले ट्रफि ,प्रमाणपत्र र १ थान वास्केटबल प्रात गरेका छन ।

उपाधी प्राप्त खेलाडीहरुलाई खेल आयोजक अध्यक्ष सन्तोष वास्फोर र प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम वेघा, सुनसरी वास्केटबल संघका अध्यक्ष नारायण प्रसाद सुवेदी , वास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई समेतले पुरस्कार वितरण गरेका थिए । वास्केटबल खेल स्वर्गीय फुटबल खेलाडी अशोक वास्फोरको स्मृतिमा उनका छोरा एवं राष्ट्रिय वास्केटबल खेलाडी रवि वास्फोरका परिवारको सहयोगमा सँचालन भएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक