राजनिती

संयुक्त संघर्ष समितीले पुस १८ र १९ गते मेची राजमार्ग बन्दको आव्हान

मङ्सिर ३० गते र पुस १ गते प्रदेस न. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितीले कोशी प्रदेश बन्दको आव्हन गरेका थिए। बन्द गरेको आरोपमा पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) पक्राउ परेको थियो तत्काल रिहाइको माग गर्दै यही पुस १८ र १९ गते मेची राजमार्ग बन्द को आव्हान गर्दै संघर्ष समितीले विज्ञप्ती जारी गरेका छन।

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतावादी राजनैतिक कित्तामा विश्वास राख्ने पहिचानवादी शक्ति भएकाले ‘कोशी’ प्रदेश नाम विरुद्धको आन्दोलन वर्तमान संविधानले नै निर्धारण गरेको दायरा भित्रबाट समाधान होस् भन्ने हेतुले हाम्रो हरेक आन्दोलनहरू शान्तिपूर्ण तरिकाले अघि बढिरहेका छन् । यही क्रममा यस सङ्घर्ष समितिले मङ्सिर ३० र पुस १ गते आह्वान गरेको प्रदेश नं. १ यातायात बन्दको अवधिमा आन्दोलनलाई बद्नाम गर्ने बदनियतले इलाम जिल्लामा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको आगजनीमा झापा जिल्लाका यस सङ्घर्ष समितिका पहिचानवादी युवा नेता बुलेट किरातीलाई झुटो आरोप लगाई पक्राउ गरी इलामको पशुपतिनगर थानामा प्रशासनले थुनेर मुद्दा चलाइरहेको अवस्था छ । उक्त घटना घटेको लगत्तै यस सङ्घर्ष समितिको इलाम जिल्ला र केन्द्रले तत्काल विज्ञप्ति निकालेर त्यस आगजनीमा संग्लनता नरहेको जानकारी गराएको विज्ञप्तीमा उल्लेख गरेको छ।

हाम्रो शान्तिपूर्ण आन्दोलनमा सरकारले हाम्रा नेता पदम कुमार लिम्बु ‘लाजेहाङ’को हत्या गर्दा र गजेन्द्र लिम्बुलाई अनाहकमा गोली ठोक्दा पनि हामीले आगजनी हुने आन्दोलनको कल्पना समेत गरेनौँ, किनकि वर्तमान पहिचानको आन्दोलन अहिलेको संविधानले प्रत्याभूत गरेको सीमाभित्रबाट समाधान होस् र शान्तिपूर्ण एवम् लोकतान्त्रिक होस् भन्ने हाम्रो मनसुबा र लक्ष्य रहेको छ । त्यस्तो जटिल अवस्थामा हामीले आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाइरहेको अवस्थामा मङ्सिर ३० र पुस १ को यातायात बन्दमा झापाको मान्छे इलाममा गएर गाडी आगजनी गर्ने कुरा सोच्नसम्म पनि सकिँदैन । त्यसैले बुलेट किराती (अन्जेश राई) निर्दोष छन् र उहाँलाई तत्काल रिहाइ गरियोस् भनेर हामीले पटक पटक प्रशासनसमक्ष डेलिगेसन गई भनेका थियौँ । तर प्रशासनले बुलेट किरातीलाई रिहाइ गर्नुको सट्टा झुटो मुद्दा हालेर जेल चलानको षडयन्त्र गरेकोले उहाँको रिहाइका लागि यही पुस १८ र १९ गते मेची राजमार्ग यातायात बन्द गर्न बाध्य भएका छौँ विज्ञप्तीमा उल्लेख गरेका छन।

प्रेम येक्तेन अध्यक्ष किरात याक्थुङ चुम्लुङ, ग्याल्ज शेर्पा अध्यक्ष नेपाल आदिवासी जनजाती माहासंघ, डकेन्द्र सिह थेगिम अध्यक्ष पहिचान सहित १ न प्रदेश पुन: नामङ्कन अभियान समिती, जीवन हातासो राई अध्यक्ष किरात राई यायोक्खा र नेपाल शेर्पा संघका माहासचिव लाक्पा शेर्पाले विज्ञप्तीमा हस्ताक्षर गरेका छ्न।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद