🖋रोहित कुलुङ राई 📸 दिपेस योन्जन
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको आयोजनामा ख्रिष्टमस, उँधौली तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
पुस ८ गते आईताबार धरान -१२ होटल पुर्वी स्टारको सभा हलमा भएको शुभकामना आदानप्रदान कार्यक्रमका अध्यक्ष नेपाल फोटो पत्रकार माहासंघका सुनसरी अध्यक्ष बिकास चाम्लीङ राईले गरेका थिए। सोही कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धर्म भनेको शान्ति हो, शान्तिको खोजी हो भन्ने सन्देश दिए । उनले ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रिय गानले भनेजस्तै व्यवहार र मनभित्रदेखि नै एकताको सूत्रमा बाँधिनुपर्ने विचार व्यक्त गरे ।
धरानको गोपाल मन्दिर अगाडि चर्च बनेको विषयबाट आफूलाई सामाजिक सञ्जालमा एउटा वर्गले पास्टर भन्ने गरेको भन्दै नगर प्रमुख साम्पाङले आफूलाई ‘पास्टर’ भन्न छाडिदिन आग्रह गरेका थिए।
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले शुभकामना दिदै भने “सबै जात, धर्मको सम्मान हुनु पर्दछ राजनिती र धर्ममा भएको राम्रा पक्षलाई ओझेल पारेर नकरात्मक कुराहरुलाई अगाडि ल्याउदा आज अराजकता बढेको बताए”। पत्रकार माहासंघ सुनसरीका सचिव ध्रुब ढकालले शुभकामना दिदै भने ” सबै जात धर्मको सम्मान गर्दै हामी पत्रकारहरुले कलम चालाएको” बताए।
उक्त कार्यक्रममा शुभकामना दिदै धरानका उपमेयर अइन्द्र बिक्रम बेघाले भने “यो ब्यबस्था माथी हमला हुदा त्यसको प्रतिवाद गरिएन भने गणतन्त्र बच्दैन र सबै जात धर्मको सम्मान यो संघिय लोकतान्त्रीक गणतन्त्रको सबिधानले गरेको” बिचार व्यक्त गरे।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै ख्रीष्टीयन अगुवा हिमाल राईले भने “जिल्ला प्रशासन कार्यलय सुनसरीले ख्रीष्टमस महोत्सब गर्न प्रतिबन्द लागाएकोमा ख्रीष्टीयन समुदायमा चोट पुगेको र सबै धर्म सम्मान भनी सबिधानले उल्लेख गरेकाले यसलाई साँस्कृतिक दमन भएको” बताएका छन। सो शुभकामना आदानप्रदान कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. राजेन्द्र शर्मालगायत धार्मिक अगुवा, बुद्धिजीविले विचार राखेका थिए
धार्मिक– सांस्कृतिक शान्ति, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले धरानका सञ्चारकर्मी, बुद्धिजीवि, पेशाकर्मी, धार्मिक–सांस्कृतिक व्यक्तित्वहरुको उपस्थितिमा आउँदै गरेका चाडपर्वको अवसरमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले ख्रिष्टमस, उँधौली तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो र कार्यक्रम संचालन सचिव शिशिर राईले गरेका थिए।