रोहित कुलुङ राई
सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारी मिडिया सरकार र मन्त्रीको भजन कृतन गाउने मात्र हैन सरकारका राम्रो कुरा जनतामा पुराउने र जनताको आवज सरकार सम्म पुर्याउने माध्यम बन्नु पर्छ भन्ने हितुका साथ नेपाल टेलिभिजन रेडियो नेपाललाई एकै ठाउ ल्याउन लागेको बताएकी छन।
धरानस्थित पत्रकार महासङ्घ सुनसरीको सभाहलमा संचार क्षेत्रका समसामयिक विषयबारे पत्रकारका बीच बोल्दै मन्त्री शर्माले मिडिया काउन्सील बिधेयक मार्फत नयाँ मिडिया नियमन गर्ने नीति लिने बताएकी छन।
मन्त्री शर्माले सरकारको एक बर्ष उपलब्धी मुलक रहेको र यो व्यवस्था प्रती जनताको वितृष्णा बढदै गएको थियो जनताको वितृष्णालाई भुटानी शरणनाती, मिटर ब्याजी, लालिता निवास काण्डको फायल खोलेर घटाउन तिर सरकार लागेको बताएकी छन।
अनलाइन मिडियाका रुपमा विकास हुँदै गइरहेको छ, उनीहरुको पनि नियमन गर्ने, तिनीहरुलाई व्यवस्थापन गर्नु पर्ने जरुरी छ, मन्त्री शर्माले भनिन् हाम्रा कानुनले उनीहरुलाई पनि चिन्नु पर्छ, यो पछिल्लो समयमा विकास भएको मिडिया हो, यसलाई मिडिया काउन्सिल विधेयकमा पनि समावेश गरिएको छ ।
प्रिन्ट मिडियाले डिजिटल मिडिया नचलाई एक्लै बाँच्न नसक्ने अवस्था रहेको भन्दै नयाँ प्रविधिको अङ्गिकार सबैले गर्नु पर्ने बताइन् । ‘राज्यले कसरी संरक्षण गर्छ भन्ने एउटा पाटो भयो भने, अर्को सम्बन्धित मिडिया संचालकले पनि आफ्नो मिडिया सस्टेन्ड गर्न के गर्ने भन्ने विषय छ,’ मन्त्री शर्माले भनिन्, ‘हाम्रा साप्ताहिक मिडिया, रेडियोलगायतका मिडियाले किन हेर्ने भन्ने विषयमा कन्टेन्टमा पनि विकास गर्नुपर्ने अवस्था छ ।’
मन्त्री शर्माले लोककल्याणकारी विज्ञापनका सन्दर्भमा समस्या पहिचान गर्ने बताइन् । जिल्लाका पत्रकारहरुले मन्त्री शर्मा समक्ष पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गर्नु पर्ने मागसहित ज्ञापनपत्रसमेत बुझाएका छन् ।