प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक डिपो मावि धरान १८ ले आज सोमबार पत्रकार महासंघ सुनसरीको सभा हलमा पत्रकार सम्मेलनमा जानकारी गराएको छन । मंसिर १८ गतेदेखि २२ गते सम्म सन्चालन हुने डिपो माविका प्राचार्य राजकुमार राईले जानकारी दिनु भएको छ ।उहाँका अनुसार प्रतियोगितामा १६ वटा टिम मात्रै सहभागि गराइने भएकाले त्यो भन्दा बढी भएमा सहभागि नगराइने र चाँडो नाम दर्ता गर्नेलाई प्राथमिकता दिने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा कक्षा ५ सम्मको मात्रै विद्यार्थी र उमेरको हकमा १२ बर्षमुनिका विद्यार्थीहरुले मात्रै सहभागिता हुन पाउने छन् । प्राचार्य राईका अनुसार ललित अम्बर डिपो कपको विजेताले नगद ११ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने टिमले पनि नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छन ।

प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा ललित अम्बर डिपो कपमा धरान १३ को नेपाल प्रहरी स्कुल च्याम्पियन भएको थियो भने इष्टर्न एजुकेस्नल एकेडेमी धरान १७ उपविजेता र धरान लिगामेन्ट स्कुल धरान १६ तेस्रो भएको थियो । उक्त डिपो कप तथा दिल कुमार च्याम्पियनसिप कप २०८० का संयोक एएसपी विरेन्द्र कुमार लिम्बुले गर्नु अध्यक्षता मन्तब्य ब्यक्त गेरेका थिए ।
 
         
                         
                         
                                 
                         
                         
                         
                         
                         
                            
