आर्थिक

हिमालयन लघुवित्त टाँडी शाखाद्वारा मृतक सदस्यको परिवारलाई बीमा रकम हस्तान्तरण, ब्याज र जरिवाना मिनाहा

झापा: हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, टाँडी झापा शाखाले आफ्ना मृतक सदस्यको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ। शाखा अन्तर्गतको केन्द्र नं. २८ मा आबद्ध सदस्य सुष्मा श्रेष्ठको असामयिक निधन भएपछि संस्थाले निजको परिवारलाई उक्त सहयोग गरेको हो।

संस्थाबाट ४ लाख २५ हजार कर्जा लिएकि श्रेष्ठको कर्जा लिएको छोटो समयमै निधन भएको थियो। निजले लिएको कर्जाको कर्जा बीमा गरिएको हुँदा बीमा बापत ४ लाख ५० हजार प्राप्त भएको शाखाले जनाएको छ।

प्राप्त बीमा रकम मध्ये ४ लाख २५ हजार बराबरको साँवा रकम संस्थाले मिलान गरेको छ भने बाँकी रकम काजकिरिया खर्च बापत रहेको थियो। त्यसैगरी निजको नाममा बाँकी रहेको ब्याज ७८ हजार ८ सय २५ र जरिवाना बापतको रु. १ हजार ९ सय ८० गरी कुल रु. ८० हजार ८ सय ५ रकम संस्थाले मानविय तथा सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्ण रूपमा मिनाहा गरेको छ।

संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी काजकिरिया खर्च बापतको बाँकी २५ हजार नगद मृतकका श्रीमान राज कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको छ।

उक्त हस्तान्तरण कार्यक्रममा टाँडी शाखाका शाखा प्रमुख नवीन दाहाल, कर्मचारीहरु सुमन मिश्र र अनिश भट्टराई लगायत केन्द्रका सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख दाहालले संस्थाले सदस्यको हितलाई उच्च प्राथमिकतामा राखेको र सदस्यहरुलाई आर्थिक भारबाट जोगाउन कर्जा बीमालाई अनिवार्य गरिएको बताए । उहाँले आगामी दिनमा पनि सदस्यको सुख-दुःखमा संस्थाले साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको