खेलकुद

भेडेटारमा चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुँदै

धनकुटाको पर्यटकीय क्षेत्र भेडेटारमा चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लब साँगुरीगढी–६, भेडेटारको आयोजनामा आगामी असोज २४ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ।

भेडेटारलाई खेलकुदसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। भेडेटार ब्याडमिन्टन हलमा हुने प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा तथा क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा ब्याडमिन्टन खेलको विकासमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

क्लबका अनुसार प्रतियोगितामा महिला डबल्स प्रोफिसियन्सी–१ ओपन, प्रदेशस्तरीय ‘बी’ लेभल पुरुष डबल्स ओपन र भेट्रान ४० वर्षमाथि राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको महिला डबल्स प्रोफिसियन्सी–१ ओपनतर्फ प्रथम हुने जोडीले रु. २० हजार, दोस्रो हुनेले रु. १० हजार तथा तेस्रो हुने जोडीले रु. ५ हजार पुरस्कार प्राप्त गर्नेछन्। यस विधामा सहभागिताका लागि रु. १ हजार ५ सय प्रवेश शुल्क तोकिएको छ।

त्यस्तै, प्रदेशस्तरीय ‘बी’ लेभल पुरुष डबल्स ओपनतर्फ प्रथम पुरस्कार रु. ३० हजार, दोस्रो रु. १५ हजार र तेस्रो पुरस्कार रु. ५ हजार रहेको छ। यस विधामा सहभागी हुन रु. २ हजार प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ।

भेट्रान ४० वर्षमाथि राष्ट्रिय डबल्सतर्फ पनि प्रथम हुने खेलाडीलाई रु. ३० हजार, दोस्रोलाई रु. १५ हजार तथा तेस्रो हुने जोडीलाई रु. ५ हजार पुरस्कार प्रदान गरिनेछ। यस विधाका लागि समेत रु. २ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीमा ब्याडमिन्टन खेलप्रतिको रुचि र लगाव बढाउनु, उनीहरूलाई आफ्नो प्रतिभा तथा क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, खेलाडीबीच आपसी भाइचारा र आत्मीय सम्बन्ध विस्तार गर्नु तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु हो।

त्यसैगरी प्रतियोगितामार्फत विभिन्न जिल्ला तथा क्षेत्रका खेलाडीबीच सम्बन्ध विस्तार गर्ने र भेडेटारको पर्यटन प्रवर्द्धनमा खेलकुदलाई माध्यम बनाउने लक्ष्य पनि राखिएको छ। भेडेटारमा हुने प्रतियोगिताले खेलाडी तथा खेलप्रेमीलाई आकर्षित गर्नुका साथै स्थानीय होटल, होमस्टे, यातायात तथा अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

भेडेटार ब्याडमिन्टन क्लबले यसअघि सञ्चालन गरेका प्रतियोगिताबाट प्राप्त अनुभवका आधारमा यस वर्षको प्रतियोगितालाई थप व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। क्लबले प्रतियोगिता केवल प्रतिस्पर्धाका रूपमा सीमित नराखी अनुशासन, मित्रता, सहकार्य र स्वस्थ जीवनशैली निर्माणको माध्यम बनाउने उद्देश्य लिएको छ।

प्रतियोगिता सफल बनाउन खेलाडी, प्रशिक्षक, खेलप्रेमी, स्थानीयवासी, सञ्चारकर्मी, व्यवसायी तथा सम्बन्धित सबै पक्षबाट सहयोग र सहभागिताको अपेक्षा गरिएको क्लबले जनाएको छ।

प्रतियोगिता सञ्चालन तथा प्रचार–प्रसारका लागि आयोजित कार्यक्रमको अध्यक्षता दिपेन लिम्बुले गर्नेछन्। कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै होटल एसोसिएसन भेडेटारका अध्यक्ष तमराज लिम्बु र पाथिभरा क्लबका अध्यक्ष कौशल राई विशेष अतिथिका रूपमा रहने आयोजकले जनाएको छ।

क्लबले प्रतियोगिताबारे व्यापक सूचना तथा प्रचार–प्रसार गरी देशभरका खेलाडीलाई भेडेटारमा सहभागी हुन आह्वान गरेको छ। आयोजकका अनुसार खेलकुदसँगै भेडेटारको प्राकृतिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने अवसरका रूपमा समेत प्रतियोगितालाई अघि बढाइनेछ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक