राजनिती

धरान कांग्रेस नगर समितिको नेतृत्व सर्वसम्मत, सभापतिमा प्रबिण राई

धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न नगर अधिवेशनबाट नरेन्द्रकुमार राई ‘प्रवीण’ सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।

राईसँगै उपसभापतिमा हिमाल श्रेष्ठ र शिला श्रेष्ठ बज्राचार्य, सचिवमा सागर प्रसाई तथा सहसचिवमा किरण आचार्य सर्वसम्मत चयन भएका छन्।

नगर कार्यसमिति सदस्यमा दिया श्रेष्ठ, श्याम गुरुङ, सविना तामाङ, ज्वाला तुलाधर, शोभा बराइली, इदिरा मादेन लिम्बु, अमरबहादुर बानियाँ, वीरबहादुर कार्की, सञ्जुकुँवर कटवाल, कविता श्रेष्ठ, सुमिर बमजन, पासाङ डोल्मा गुरुङ, सुकन राई र विन्दु अधिकारी चयन भएका छन्।

त्यसैगरी तुलसीप्रसाद श्रेष्ठ, दिनेश सिङ्गक लिम्बु, प्रविढा अग्रवाल, सरिता न्यौपाने, उज्ज्वल कुमार श्रेष्ठ, उद्धवप्रसाद अधिकारी, हिरादेवी गुरुङ राई, देवेन्द्र दाहाल र जुगलकुमार चौधरीले पनि कार्यसमिति सदस्यका रूपमा शपथ ग्रहण गरेका छन्।

यसैगरी खान्नुमा राई बान्तवा, राजु श्रेष्ठ, निर्मला राई, विवेक साशंकर, जेनिशा राई, रमेश मगर, शिखर राई, सुमित्रा कालिकोटे र एकराज शङ्करले कार्यसमिति सदस्यको शपथ लिएका छन्।

कांग्रेसको नगर समितिको निर्वाचन कार्यक्रमअनुसार मंगलबार धरान सभागृहमा उम्मेदवारी दर्ता भएको थियो। यसअघि धरानका २० वटै वडामा क्षेत्रीय प्रतिनिधिसहित वडा कार्यसमितिको निर्वाचनसमेत निर्विरोध सम्पन्न भएको थियो।

शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ले वडा अधिवेशनदेखि नगर अधिवेशनसम्म सर्वसम्मत नेतृत्व चयन हुनुले कांग्रेसको १५औँ महाधिवेशनलाई सकारात्मक सन्देश दिएको बताए।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३