समाज

भोजपुर सुनसरी सेवा समाजको १३ औँ वार्षिक साधारणसभा

धरान: भोजपुर सुनसरी सेवा समाजको १३औँ वार्षिक साधारणसभा आइतबार धरान–१५ गणतन्त्र बस्तीस्थित समाजको भवनमा सम्पन्न भएको छ।

रेवतीरमण राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अईन्द्रविक्रम बेघाले आफ्नो जन्मथलोलाई कहिल्यै भुल्न नहुने बताए। उनले जन्मभूमि तथा पुर्ख्यौली थातथलोलाई माया गर्दै त्यसको विकासमा सदैव योगदान गर्नुपर्नेमा जोड दिए।

साधारणसभाका अवसरमा समाजका अध्यक्ष रेवतीरमण राईले विगतदेखि गर्दै आएका सामाजिक तथा विकासमूलक कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा समयानुकूल थप सकारात्मक र रचनात्मक कार्य गर्दै समाजलाई अगाडि बढाइने बताए।

साधारणसभामा समाजको प्रगति प्रतिवेदन सदस्य बलिन्द्र विश्वकर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पोष्टराज राईले प्रस्तुत गरेका थिए। प्रस्तुत दुवै प्रतिवेदन साधारणसभाबाट अनुमोदन गरिएको छ। कार्यक्रममा सुनसरीको धरान तथा बराहक्षेत्रका विभिन्न स्थानमा बसोबास गर्दै आएका १७ जना भोजपुरेहरुलाई समाजको आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।

पुर्ख्यौली थलो भोजपुर भई सुनसरीमा बसोबास गर्ने भोजपुरेहरूको साझा संस्था भोजपुर सुनसरी सेवा समाजले भोजपुरेहरूबीच परिचय, आपसी सहयोग तथा समन्वय अभिवृद्धि गर्नुका साथै पुर्ख्यौली भूमिको विकासमा समेत विभिन्न कार्य गर्दै आएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले